logo

bar

देश परदेश : अफ्रिकी नागरिकको कोरिया बसाइ

नयाँ पत्रिका | मङि्सर १८, २०७४

तस्बिरमा देखिइरहेका अफ्रिकी मूलका यी तीन युवाको खास चिनारी यो हो कि उनीहरू दक्षिण कोरियामा बसोवास गर्छन् । हान ह्युँ मिन सिउलको इतेवानमा मोडलिङ गर्छन् । हान भन्छन्– इतेवानका प्राथमिक स्कुलमा कुनै विदेशी विद्यार्थी देखिँदैनथे । तर, अब यदि तपाईं त्यहा“का स्कुलमा जानुभयो भने एकतिहाइ विद्यार्थी अश्वेत छन् । मलाई त एकपटक यस्तो लाग्यो कि यो एक विदेशीको स्कुल हो ।

दक्षिण कोरियामा विदेशीको संख्या पछिल्ला केही वर्षमा निकै बढेको छ । २०१२ मा त्यहा“ १४ लाख ५० हजार विदेशी बसोवास गरिरहेका थिए । जसको संख्या २०१६ सम्म बढेर २० लाखभन्दा पनि बढी पुगिसकेको छ । अर्थात् पछिल्लो पाँच वर्षमा कोरियामा विदेशीको संख्यामा वार्षिक ९ दशमलव २६ प्रतिशतले वृद्धि भइरहेको छ ।

यद्यपि यिनीहरूको उपस्थिति हरेक क्षेत्रमा एकै प्रकारको छैन । कोरियामै बसोवास गरिरहेका अर्का अश्वेत जोनाथन भन्छन्– हान ह्युँ मिन बस्ने सहर सिउलमा दुई लाख ६० हजार विदेशी बसोवास गर्छन् । तर, मेरो र रविको सहर ग्वाङ्जुमा भने मात्र २१ हजार विदेशी बसोवास गरिरहेका छन् ।

कति सजिलो छ त कोरियामा बस्न ?

कोरियामा बसोवास गर्ने अश्वेत नागरिकले कैयौँपटक नश्लीय टिप्पणी पनि सुन्नुपर्ने गरेको छ । हान भन्छन्– मानिसहरूले यस्तो कुनै पनि कुरा भन्नुअघि यसबारे राम्ररी सोच्नुपर्छ कि कोही मेरो यस्तो टिप्पणी सुन्न मन गर्छ ? मानिसहरू जब अश्वेत मानिसलाई देख्छन्, तब उनीहरू यस्ता शब्दको उपयोग गर्छन्, जुन हाम्रा लागि अत्यन्तै आपत्तिजनक हुन्छन् र हामी सुन्नै चाहँदैनौँ ।
यसलाई रोक्नका लागि कानुन नभएको पनि होइन । कसैको कुनै टिप्पणी या भनाइले कसैको सामाजिक छविमा आँच पुगेको प्रमाणित हुन सक्यो भने त्यस्तो अभिव्यक्ति दिने मानिसमाथि मानहानिको मुद्दा चलाउन सकिन्छ । जोनाथन भन्छन्– यहाँ हाम्रो अवस्था त्यस्तै छ, जस्तो अफ्रिकामा बिबिसी, ब्रोडकास्ट मिडिया या संगीत उद्योगको छ । अफ्रिकामा प्रेसको निकै कमजोर उपस्थिति रहने गरेको छ ।

च्यारिटी संस्था सेभ द चिल्ड्रेनको एक सर्वेक्षणअनुसार कोरियाका पत्रपत्रिका तथा ब्रोडकास्ट मिडिया अधिकांश पूर्वआधुनिक राजनीतिबाट प्रेरित छन् । जसबाट त्यहा“का मानिसको अवस्थाको अनुमान लगाउन सकिन्छ । अफ्रिकी डकुमेन्ट्री र चन्दा माग्ने कार्यक्रममध्ये ९८ प्रतिशतभन्दा पनि बढी कार्यक्रममा मानिसहरूको निजी कथा या केही खास मानिस या परिवारको कथा देखाउने गरिन्छ । तर, जोनाथन भन्छन्– यस्ता कार्यक्रम विशेषगरी चन्दा माग्ने कार्यक्रममा अफ्रिकी मानिसलाई अक्षम तथा समस्याको समाधान खोज्न असफल मानिसका रूपमा देखाउने गरिन्छ ।

स्कुलबाट फर्किंदा केटोकेटीले हैरान पार्थे

रवि र जोनाथनको परिवार शरणार्थी हुन् । उनीहरूका पिता कंगोबाट भागेर कोरिया आएका थिए । आज उनी यहाँको ग्वाङ्जु विश्वविद्यालयमा प्राध्यापक छन् । सेभ द चिल्ड्रेनको रिपोर्टमा रवि र जोनाथनका ती अनुभवबारे पनि उल्लेख गरिएको छ, जसमा उनले बताएका छन् कि स्कुलबाट फर्किंदा स्थानीय केटाकेटी उनीहरूको प्रतीक्षा गर्थे र उनीहरूलाई हैरान पार्थे । कतिपय अवस्थामा उनीहरूलाई कुट्थे पनि ।

एक मेडिकल जर्नलमा प्रकाशित डा. योन वू टेकको अनुसन्धानका अनुसार शरणार्थीलाई कैयौ“ प्रकारका मानसिक हैरानी हुने गथ्र्यो । एउटा अर्को रिपोर्टमा अगाडि आएको छ कि १८ प्रतिशत शरणार्थी मानसिक बिमारीको सिकार भएका छन्, जसमा पाँच प्रतिशत गम्भीर अवसादको सिकार भएका छन् ।

बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु