logo

bar

कोख प्रत्यारोपणबाट अमेरिकी महिलाले जन्माइन् पहिलो शिशु

एजेन्सी हाउसटन, १७ मंसिर | मङि्सर १७, २०७४

अर्कै महिलाको पाठेघर प्रत्यारोपण गरेकी एक अमेरिकी महिला शिशु जन्माउन सफल भएकी छिन् । टेक्सासको ‘द बेइलर स्कट एन्ड ह्वाइट मेडिकल सेन्टर’ मा ती महिलाले शिशु जन्माएकी हुन् । कोख प्रत्यारोपणबाट बच्चा जन्मिएको विषयलाई चिकित्सा विज्ञानमा ठूलो उपलब्धि मानिएको छ, तथापि, यसअघि स्विडेनकी एक महिलाले कोख प्रत्यारोपणबाट तीन वर्षअघि पहिलोपटक शिशु जन्माउन सफल भएकी थिइन् ।

अस्पतालले कोख प्रत्यारोपणमार्फत जन्मिएको घटनालाई २१औँ शताब्दीको मुख्य उपलब्धि भएको जनाएको छ । तर, महिलाको पहिचान भने खुलाइएको छैन । ‘प्रत्यारोपणबाट जन्मिएको विषयलाई २१औँ शताब्दीको चिकित्शा क्षेत्रको महत्वपूर्ण उपलब्धिमध्येको एक बताएको छ । ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै ट्विटर अकाउन्टमा राखिएको छ । ‘चिकित्सा क्षेत्रमा भएको यो उपलब्धि अमेरिकामा पहिलोपटक भएको हो ।’ अस्पतालले ट्विट गरेको छ । हाउसटनबाट करिब ४०० किलोमिटर उत्तरमा पर्ने सो अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चारजना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । स्विडिस मेडिकल समूहको सहयोगमा कोख प्रत्यारोपण गरिएको थियो ।

चारजनामध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् । एक महिलाको गर्भाशय अर्काेमा प्रत्यारोपण गर्ने कार्यको सुरुवात स्विडेनमा भएको हो । स्विडेनमा गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँचजना शिशु जन्मिसकेका छन् । सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलोपटक स्विडेनमा गर्भाशय प्रत्यारोपबाट पहिलो शिशु जन्मिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु