logo

bar

राजकुमार ह्यारी र मेगनको पहिलो औपचारिक भ्रमण

एजेन्सी लन्डन, १७ मंसिर | मङि्सर १७, २०७४

बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेगन मार्कलले शुक्रबार पहिलो औपचारिक भ्रमण गरेका छन् ।

इन्गेजमेन्ट भएको एक सातापछि उनीहरूले शुक्रबार बेलायती सहर नोटिङघमको भ्रमण गरेका हुन् । महारानी एलिजाबेथका नाती ह्यारी अमेरिकी नायिकासमेत रहेकी मार्कलसँग प्रेम सम्बन्धमा छन् । यो जोडीले आगामी मे महिनामा विवाह गर्दै छन् ।

ह्यारी र उनको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसरमा आयोजित एक कार्यक्रमको अवलोकन गरेका थिए ।

उनीहरूले एचआइभी एड्सविरुद्धका अभियानमा लागिरहेका अभियन्तालाई भेटेर हौसला प्रदान गरेका थिए । उनीहरूका प्रशंसकले सडकमा भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया