logo

bar

ला लिगामा बार्सिलोनाकाे तेस्राे बराबरी

एजेन्सी बार्सिलोना, १६ मंसिर | मङि्सर १६, २०७४

स्पेनिस ला लिगाको शीर्षमा स्थानमा रहेको बार्सिलोना लगातार दाेस्राेपल्ट र समग्रमा याे सिजनकाे तेस्राेपल्ट बराबरीमा बराबरीमा रोकिएको छ। घरेलु मैदान नेउक्याम्पमा शनिबार भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोक्याे । शनिबारकाे बराबरीपछि बार्साले महत्वपूर्ण दुर्इ अंक गुमायाे ।

खेलको २० मिनेटमा सेल्टा भिगोले खेलमा अग्रता लिएकाे थियो । इयागो आसपासले सिक्स यार्डबाट रिबाउन्डमा गोल गरेर सेल्टा भिगोलाई अग्रता दिलाए ।

बार्सिलोनाले २ मिनेटमै बराबरीमा गोल फर्काउन सफल भयो। लिओनल मेसीले पाउलिन्होले उपलब्ध गराएको पासमा बराबरी गोल गरे ।

एकपछि अर्काे अाक्रमण गरेकाे बार्सिलाेनाले ६२अाैँ मिनेटमा खेलमा अग्रता लियो । मेसीको पासमा सुइस सुआरेजले गोल गरे । तर, ७० अाैँ मिनेटमा सेल्टी भिगोले दोस्रो गोल गरेपछि खेल दोस्रोपटक बराबरीमा आयो । गोमेज गोन्जालेजले गोल गरेर बार्सिलोनाको घरेलु मैदानमा सेल्टा भिगोका दर्शकलार्इ खुसी दिलाए।

बराबरीपछि लिगको पहिलो स्थानको बार्सिलोनाले १४ खेलबाट ३६ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको भ्यालेन्सियाको ३१ अंक छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड समान २७–२७ अंक जोडेर तेस्रो र चौथो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु