logo

bar

विराट कोहलीले प्रहार गरे ५२औं शतक

एजेन्सी नयाँ दिल्ली, १६ मंसिर | मङि्सर १६, २०७४

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५२औं शतक प्रहार गरेका छन् । नयाँ दिल्लीमा शनिबार सुरु श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा कोहलीले शतक प्रहार गरेका हुन् । यसैगरी शनिबार नै उनले टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् ।

कोहलीको यो टेस्ट क्रिकेटमा २०औं शतक हो। कोहलीले एकदिवसीय क्रिकेटमा ३२ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । कोहलीले टेस्टमा २०औं शतक प्रहार गर्दा टेस्टमा व्यक्तिगत छिटो शतक बनाउन सफल भए ।  उनले १ सय १० बलमा १४ चौका प्रहार गर्दै शतक बनाएका हुन् ।

टेस्ट क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरेका काेहलीले सन् २००२ मा राहुल द्रबिडले लागतार तीन शतक प्रहार गरेकाे रेकर्डसँग बराबरी गरेका छन् ।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा बढी शतक बनाउने खेलाडीको सूचीमा आठौं नम्बरमा छन्। सचिन तेन्दुल्करले सय शतक, रिकी पोन्टिङले ७१, कुमार सांगाकाराले ६३, ज्याक कालिसले ६२, माहेला जयवर्दनेले ५४, हासिम अम्लाले ५४ र ब्रायन लाराले ५३ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु