logo

bar

दोस्रो नेपाली म्युजिक अवार्डको लागि कलाकारहरू युएईमा

लक्ष्मण खनाल युएई, १४ मंसिर | मङि्सर १४, २०७४

संगीक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा आगामी डिसेम्बर १ शुक्रबार युएईमा हुने दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रमका लागि नेपाली कलाकार युएई आइपुगेका छन् ।

कार्यक्रमका लागि नायिका निरुता सिंह, नायिका बिनिशा हमाल, हास्य कलाकार जितु नेपाल, गायिका नम्रता सापकोटा, लोकगायक लोकनाथ सापकोटालगायतका कलाकार र पत्रकार गरी

करिब ५० जनाको टोली युएई आइपुगेको आयोजक नमस्ते ट्राभल्सका एकेन्द्र थापाले बताए ।
उनीहरू बिहीबार बिहान युएई आइपुगेका हुन् ।

अबुधावीमा रहेको फोल्कलोर थिएटरमा हुने कार्यक्रममा नेपाली म्युजिक भिडियोसम्बन्धी विभिन्न २२ विधामा अवार्ड वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया