logo

bar

उपत्यका छिर्यो बम, लगनखेलमा विस्फोट (फोटोफिचर)

दीपक अधिकारी काठमाडौं, १२ मंसिर | मङि्सर १२, २०७४

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा शान्ति सुरक्षामाथि चुनौति बढेको छ । मंगलबार राजधानी उपत्यकाभित्रै बम विस्फोट भएपछि ‘सेक्युरिटी थ्रेट’ बढेको स्पष्ट भएको हो ।

निर्वाचन बिथोल्ने नाममा विभिन्न जिल्लामा केही दिनदेखि बम विस्फोट गराउने काम भइरहेकामा मंगलबार ललितपुरको लगनखेलमै विस्फोट भएको हो ।

आक्रमणकारी समूहले एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई लक्षित गर्दै लगनखेलको बसपार्कनजिक रहेको नमूना मच्छिन्द्र उच्चमाविमा दिउँसो १ बजेतिर बम विस्फोट गराएको हो । बम विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।

वाम गठबन्धनको सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुअघि विस्फोट भएको थियो । विद्यालयको पछाडिपट्टीको भवननजिक विस्फोट गराउँदा केही कक्षा कोठाका झ्यालका सिसा फुटेका छन् ।
विस्फोटपछि नेपाली सेनाको बम डिस्पोजल युनिटले सर्च अप्रेसन गरेको थियो ।

तस्बिर ः चन्द्रकला क्षेत्री/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु