logo

bar
logo
Advertisment
SKIP THIS

कृष्णप्रसाद सिटौलाको घरमा बम विष्फोट

लक्ष्मी काफ्ले झापा, १२ मंसिर | मङि्सर १२, २०७४

कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाको घरमा वम विष्फोट भएको छ । भद्रपुर–१० स्थित चन्द्रगढीमा रहेको सिटौला निवासमा सोमबार राति १२ः४५ बजे सुतली बम विष्फोट हुँदा सौचालय र पर्खालमा क्षति भएको छ । चुनाव बिरोधी अभियान चलाइरहेको समूहले कडा सुरक्षाका बीच रहेको सिटौला निवासको पश्चिम दक्षिण दिशाबाट छिरेर विष्फोट गराएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार, ज्यान मार्ने वा ठूलो क्षति पु¥याउने उद्देश्यले विष्फोट गरिएको नदेखिए पनि त्रास फैलाउन वम विष्फोट गरिएको हो । घटनालगत्तै सुरक्षाकर्मीले एकजना शंकाष्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी ५ स्थायी घर भएका बिर्तामोड ३ बस्ने ४० वर्षीय राजेश कार्कीलाई पक्राउ गरिएको हो । कार्कीलाई सिटौला निवासबाट भाग्ने क्रममा सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा जिम्मा लगाएको जनाइएको छ ।

नेता सिटौलाले वम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताए । उनले भने, ‘चुनाव विथोल्ने समूहले देशका विभिन्न स्थानमा वम विस्फोट गराइरहेको छ, त्यो कार्य गलत हो ।’ दोस्रो चरणमा हुन गइरहेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन उनले सबै पक्षसँग अनुरोध पनि गरेका छन् ।

मंगलबार बिहान कन्काई नगरपालिकामा पनि वम फेला प¥यो । कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घरअगाडि गेटमा सुतली वम फेला परेको हो । बिहान घरअगाडि शंकास्पद वस्तु देखेपछि मेयर पोखरेलले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणको टोलीले वम डिस्पोज गरेको थियो । बम कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु