logo

bar
logo
Advertisment
SKIP THIS

डोल्पाका ६६ मध्ये ५८ मतदान केन्द्रका मतपेटिका सरदमुकाम ल्याइयो

रामचन्द्र न्यौपाने डोल्पा, १२ मंसिर | मङि्सर १२, २०७४

दुर्गम जिल्ला डोल्पाका ६६ वटा मतदान केन्र मध्ये ५८ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम दुनै पुर्याईएको छ । पैदल र हेलिकाेप्टर प्रयोग गरेर ५८ वटा मतदान केन्द्रका मतपेटिकाहरु समरमुकाम दुनै पुर्याई सकिएको मुख्य निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रका मतपेटिकाहरु मंगलबार सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याईएको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । उपल्लो डोल्पाका आठ वटा मतदा केन्द्रका मतपेटिकाहरु ल्याउन बाँकी रहेकाले आज बेलुकी र भोलिसम्म हेलिकाेप्टरबाट सदरमुकाम दुनै पुर्याईने समेत उनले बताए ।

उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाम दुनै पुर्याएर हेलिकाेप्टर फर्किसकेकाले छार्काताङसोङ गाउँपालिकाको अन्तर्गत रहेका मतदान केन्द्रका मतपेटिकाहरु हेलिकाेप्टरले भ्याए पछि आज बेलुकी नै ल्याउने र नभ्याए भोलि मात्र ल्याउने बताईएको छ ।

मतपेटिका ल्याउन बाँकी रहेका उपल्लो डोल्पाकै फोदगाँउ, कुगाँउ मतदान केन्द्रका मतपेटिकाहरु खराब मौसमका कारण आजै ल्याउन असम्भव भएकाले भोलिमात्र हेलिकाेप्टरबाट ल्याउने ब्यवस्था गरिएको मुख्य निर्वाचन कार्यलय डोल्पाले जानकारी दिएको छ ।

सदरमुकाम आसपासका मतदान केन्द्रका मतपेटिकाहरु निर्वाचनकै दिनमा र तल्लो डोल्पाका विभिन्न केन्द्रका मतपेटिकाहरु गत सोमबार र मंगरबार दिउसोसम्म सदरमुकाम पुर्याईएको उक्त कार्यलयले जानकारी दिएको हो ।

मतपेटिका तीन घेरामा राख्ने ब्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । मतपेटिकासँगै निर्वाचनमा भागलिएका राजनितीक दलका प्रतिनिधिहरु पनि बस्ने ब्यवस्था मिलाईएको उहाँले बाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु