logo

bar

मधेश आन्दोलनका तस्बिर र भिडियो प्रोजेक्टरबाट देखाएर भोट माग्दै मधेशी दल !

अशोक पहाडी रौतहट, १२ मंसिर | मङि्सर १२, २०७४

मतदातालाई आफ्नो पक्षमा पार्नका रौतहटमा उम्मेदवारहरुले विभिन्न हत्कण्डा अपनाउन थालेका छन् । मधेश आन्दोलनको विक्षिप्त तस्बिर देखाएर मधेशवादी दलले चुनावी प्रचारप्रसारमा जोड दिएका छन् । चुनावको मिति नजिकिएसँगै यस्ता खालका तस्बिर र सामग्री मतदाता कहाँ पु¥याएर प्रभावित पार्न लागिपरेका छन् ।

राजपा नेपालले सोमबार रौतहटको पिप्रा रजवाडामा मधेश आन्दोलनको भिडियो लाई प्रोजेक्टरबाट देखाउदै गर्दा प्रहरीले हस्तक्षेपनै गर्नु परेको थियो । सडक नाटक प्रर्दशन गर्ने, प्रोजेक्टर चलाएर भिडियो देखाउने र बिक्षिप्त तस्बिर प्रर्दशन गर्ने काम चुनावी प्रचारमा मधशेदादी दल बाट भैरहेको अन्य दलका उम्मेदवारले बताएका छन् । मतदाता लाई एकत्रित गरेर उम्मेदबारलेनै आन्दोलनमा प्रहरीको गोलि लागेर मृत्यु भएका ब्यक्तिहरुको चित्र सहितका ब्यानर प्रर्दशन गर्दै आएका छन ।

गत मंसिर ४ मा डायरी नामक पत्रिकामा कांग्रेसका उम्मेदवार कृष्ण यादवको बारेमा भ्रामक समाचार प्रकाशित गरी मतदातालाई बितरण गरिएको सो पार्टीले जनाएको छ । पार्टी सभापति एवम रौतहट एक नम्बर क्षेत्रका उम्मेदबार कृष्ण यादवले उक्त कार्यको भत्र्सना गरेका छन् ।

निर्वाचन आचारसंहिता बिरोधी क्रियाकलाप रौतहटमा तिव्र रुपमा बढ्दै गएको भएपनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन । निर्वाचन प्रचारका क्रममा साम्प्रदायिक सभाव भडकाउने खालका गित समेत बजाउने गरिएको छ ।

चुनावको मिति नजिकिँदै जादा दल र स्वतन्त्र उम्मेदवारहरुको चुनावी प्रचारमा तिव्रता आएको छ । आफना एजेण्डा मतदाता समक्ष पुरयाएर आकर्षित गर्नुुभन्दा एकले अर्कोलाई चुच्छ आलोचना गरेर मतदाता प्रभावित पार्नमै बढी समय खर्चिएका छन् ।

रौतहटका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई यतिखेर चटारो परेको छ । चुनावको मिति जति नजिकिदै छ, त्यतिनै उम्मेदवारहरुमा धपेडी देखिएको छ । पाँच वर्षको लागि एक पटक हुन लागेको निर्वाचनमा उम्मेदवारको दौडधुप निकैनै रहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रौनक सहरभन्दा गाउँ केन्द्रित बढेको छ । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ मा दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा गाउँका मतदाता रिझाउन जुटेका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटकीय स्थल सहितको योजना लिएर काम गर्न सक्ने उम्मेदवारको खोजीमा मतदाता रहेको देखिएको छ ।

जनताको जीवनयापनासँग जोडिएका उम्मेदवारको पक्षमा मतदाता देखिएका छन् । मतदाताले आफ्ना समस्या क्षणभरमै समाधान गरिदिने ‘गुलिया’ आश्वासनभन्दा विकास गर्ने नेताको खोजीमा छन् ।

उम्मेदवारहरुले निर्वाचन क्षेत्र भित्र पर्ने विकट क्षेत्रमा पुगेर मतदातासँग भोट मागिरहेका छन् । गाउँमा पुग्ने सडक सञ्जाल निकै दयनीय भएपनि निर्वाचन जित्ने अभिलाषाले उम्मेदवारहरु टाढा(टाढा गाँउमा पुगिरहेका छन् । उमेरले पाका भएका मतदाता सामु उम्मेदवारले हात जोड्दै आशिर्वाद मागिरहेको हुन्छन ।

तपाईको प्रतिक्रिया