logo

bar

अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड १० विकेटले पराजित

एजेन्सी ब्रिसवन, १२ मंसिर | मङि्सर १२, २०७४

एसेजको पहिलो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको छ । पाँचौँ दिन अस्ट्रेलियाका डेबिड वार्नर र डेब्यु खेल खेलिरहेका क्यामरन बेनक्राफ्टको अविजित एक सय ७३ रनको साझेदारी गरेपछि इंग्ल्यान्ड फराकिलो हार बेहोर्न बाध्य भयो ।

चौथो दिनको समाप्तिमा जितभन्दा ५६ रनले टाढा रहेको अस्ट्रेलियाले पाँचाैँ दिन सहज रूपमा लक्ष्य पूरा गर्‍यो । दोस्रो इनिङमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९५ रनमा समेटेको थियो । अस्ट्रेलिया चौथो दिन एक सय १४ रन बनाएर दिनको खेल समाप्त गरेको थियो । जसलाई अस्ट्रेलियाले सोमबार पनि निरन्तरता दिँदै सहज जित हासिल गर्‍यो ।

वार्नर र बेनक्राफ्टको सानदार साझेदारी
दोस्रो इनिङमा सुरुवातबाट नै उत्कृष्ट लयमा रहेका अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ८७ रनको इनिङ खेले । उनले एक सय १९ बलमा १० चौका प्रहार गरे । त्यस्तै, बेनक्राफ्टले ८२ रनको साझेदारी गरे । बेनक्राफ्टले एक सय ८२ बलको सामना गर्दै १० चौका र एक छक्का प्रहार गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि एक सय ७३ रनको अविजित साझेदारी भयो ।

इंग्ल्यान्ड सम्हालिन असफल
अस्ट्रेलियाविरुद्धको एसेजको पहिलो टेस्टमा इंग्ल्यान्डले राम्रोसँग सम्हालिने मौका नै पाएन । दोस्रो इनिङ सुरु गरेको चौथो दिन दुई विकेट गुमाएर ३३ रनबाट खेल सुरु गरेको इंग्ल्यान्ड लगातार विकेट पतनको सिकार भयो । इंग्ल्यान्डका लागि चौथो दिन जोए रुटको अर्धशतकीय इनिङका रूपमा ५१ रन सर्वाधिक रहँदा मोइन अलीको ४० रन र जोनी बारिस्टोको ४२ रनले नै इंग्ल्यान्डलाई एक सय ९५ को स्कोरसम्म पुर्‍याएको थियो ।

अस्ट्रेलियन बलर हाबी
अस्ट्रेलियालाई फराकिलो जित दिलाउने क्रममा चौथो दिननै इंग्ल्यान्डलाई सस्तैमा समेट्न अस्ट्रेलियन बलरहरू हाबी भए । अस्ट्रेलियाका जोस हेजलउड, मिसेल स्टार्क र नाथन लियोनले समान तीन विकेट लिए । इंग्ल्यान्डले आफ्नो ६ विकेट ८२ रनमा गुमाएको थियो । इंग्ल्यान्ड ७१.४ ओभरमा नै अलआउट हुन पुगेको थियो ।

डेब्यु खेलमा अविजित इनिङ
इंग्ल्यान्डविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका क्यामरन बेनक्राफ्टले पहिलो इनिङमा नै अर्धशतकीय अविजित पारी खेले । मैदानमा टिकेर वार्नरलाई साथ दिएका बेनक्राफ्टले एक सय ८२ बलमा १० चौका र एक छक्का प्रहार गर्दै ८२ रन बनाएर टिमलाई जित दिलाउँदै अविजित क्रिजमा फर्किए ।

तपाईको प्रतिक्रिया