logo

bar

भूकम्प गएको ३२ महिनापछि लमजुङमा प्राधिकरणको कार्यालय स्थापना

शान्ता कमली लमजुङ १२ मंसिर | मङि्सर १२, २०७४

भूकम्प गएको ३२ महिनासम्म पुनःनिर्माणका लागि सरकारको बाटो कुरेर बसेका पूर्वी लमजुङका भूकम्प पीडित अहिले सम्म स्थायी छाप्रोमा सर्न सकेका छैनन् ।

भूकम्प गएको ३२ महिनापछि बल्ल लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।

सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशिसहरमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै उनले भुकम्पछिको पुननिर्माणको गतिलाई तिव्रता दिने बताए । उनले लमजुङका भुकम्पपीडितलाई मनसुन अघि नै टहराबाट नयाँ घरमा सार्ने योजनाका साथ आफू लागि परेको बताए ।

भुसालले भने “लमजुङका भूकम्प पीडितले मनसुन अघि नै स्थायी घर पाउनेछन् ।” उनले अघि थपे,‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक ईन्जिनियर उपल्ब्ध गराउने छु,” इन्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ, काम गर्ने मानिस चाहिएको छ, हामीले पीडित जनताका आँशु पुच्छनको लागि हातहरु उठाउनुपर्छ ।

प्राधिकरणले भूकम्प पीडितलाई आवास अनुदान बापतको दोस्रो किस्ता वितरणको लागि अख्तियारी दिइसकेको भन्दै पहिलो किस्ता प्राप्त गरेर घरको जग निर्माण गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान तत्काल बितरण गरिने जानकारी दिए ।

उनले लमजुङमा प्राविधिक अभावका कारण पुननिर्माणले गति लिन नसकेको बताए । कार्यक्रममा बेशिसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले जिल्लामा पुननिर्माण प्राधिकरणको स्थापना भएकाले पीडितले राहतको महशुस गर्न पाउने बताए ।

अर्यालले भने राज्यबाट भूकम्प पीडितका लागी आशावादी काम नहुँदा निराश बनेकाले कार्यान्वयनको पाटोलाई निरन्तरता दिन आवश्यक छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले भूकम्प पीडितको गुनासो सुन्ने माध्यम भूकम्प पुननिर्माण कार्यालय जिल्लामा नहुँदा लमजुङका भूकम्प पीडितका समस्या केन्द्रमा पठाउँन समस्या भएको बताए । उनले जिल्लामा ढिलै भएपनि कार्यालय स्थापना भएसँगै पीडितलाई राहत भएको उल्लेख गरे ।

प्राबिधिक गाउँ नपुग्दा अन्यौलता
लमजुङमा थोरै सङ्ख्याका भुकम्प पीडितले पुननिर्माणका लागि दोस्रो किस्ता पाएपनि केहिले भने अझै पहिलो किस्ता समेत पाएका छैनन् । जिल्लाका १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सुचिमा परेका छन् । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिब रेग्मीका अनुसार १३ हजार ८४ नीजि घर निर्माणको सम्झौता भएको छ । यी मध्ये १२ हजार ५ सय ६१ घरधुरीले ५० हजार रुपियाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर बनाउँदै गरेका घर मापदण्डको चेकजाँच नगरेकाले समस्या भएको हो । गाउँमा प्राबिधिक नजाँदा किस्ता पाएका भूकम्प पीडितले पनि घर बनाउन सकेका छैनन । ‘हाम्रै तरिकाले घर बनाउँदा बिग्रने होला पूर्वी लमजुङको भारतेका भूकम्प पीडित अनिल अधिकारीले भने, ‘प्राबिधिक गाउँमा नआउँदा समस्या छ ।’ ‘अहिले सम्म ‘जिल्लाभर करिब एक हजार घर निर्माण सकिएपनि १२ हजार ९ सय ५९ घरधुरीले अझै घर बनाउन सकेका छैनन् ।

पुननिर्माण प्राधिकरणबाट इन्जिनियर प्रमाणीकरणको लागी जिल्लामा इन्जिनियर नआउँदा समस्या भएको जिल्ला समन्वय समिती लमजुङका प्रमुख लोकराज पाण्डे बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु