logo

bar

क्रिकेट र प्रेम सँगै हुर्कियो : क्रिकेटर, प्रदीप ऐरी

नयाँ पत्रिका काठमाडाैं | मङि्सर १०, २०७४

महेन्द्रनगरबाट काठमाडौं आएपछि कमर्स पढ्न क्लासिक इन्टरनेसनल कलेजमा भर्ना भएँ । बाल्यकालदेखि क्रिकेट खेल्न थालेको थिएँ । तर, कलेज सुरु गर्दा राष्ट्रिय टिममा खेल्न थालेको थिइनँ । मैले पहिलोपटक ज्योतिलाई कलेजमा नै देखेको थिएँ । उनी साइन्स पढ्थिन् । म कमर्स । कक्षा फरक हुने भइगो । ११ कक्षाको सुरुतिर नै देखेको थिएँ । खासै बोलचाल हुँदैन थियो । बोल्न मन लागे पनि बहाना मिलेको थिएन । पछि १२ कक्षामा पढ्न थाल्यौँ । त्यसवेला हल्का बोलचाल भयो । मैले भ्यालेन्टाइन्स डे पारेर उनलाई प्रपोज गरेँ । तत्काल केही रेस्पोन्स दिइनन् । तर केही दिनपछि स्वीकार गरिन् । त्यसपछि हाम्रो प्रेम सुरु भयो ।

१२ कक्षा सकिएपछि उनी कम्प्युटर इन्जिनियर पढ्न थालिन् । म क्रिकेटमा नै व्यस्त रहेँ । राष्ट्रिय स्तरका गेमहरू खेल्न थालेँ । खेलका कारण देश–विदेश जान्थेँ । बिस्तारै मलाई धेरैले चिन्न थाले । म यहाँ भएको वेला सँगै फिल्म हेर्न जाने, घुम्न जाने गथ्र्यौं । बाहिर जाँदा त्यस्तो समस्या भएन । अलि युवाको भिडभाड भएको ठाउँतिर जाँदाचाहिँ माक्स लगाएर हिँड्थेँ । ए यसरी हिँड्दोरहेछ भन्ने खालको छाप नपरोस् भन्ने लाग्थ्यो । यो मेरो व्यक्तिगत जीवन हो, जस्तो लाग्थ्यो । सम्भव भएसम्म एक–अर्कालाई समय दिन्थ्यौँ ।

ती दिन एकदम रमाइला थिए । अहिले सम्झँदा पनि रमाइलो अनुभव हुन्छ । हामी करिब ६ वर्ष प्रेम–सम्बन्धमा रह्यौँ । त्यो पिरियड हाम्रा लागि धेरै रमाइलो थियो । त्यसमध्ये पनि पोखरामा सँगै प्याराग्लाइडिङ गर्दाको अनुभव सबैभन्दा रमाइलो लाग्छ ।

ती दिन एकदम रमाइला थिए । अहिले सम्झँदा पनि रमाइलो अनुभव हुन्छ । हामी करिब ६ वर्ष प्रेम–सम्बन्धमा रह्यौँ । त्यो पिरियड हाम्रा लागि धेरै रमाइलो थियो । त्यसमध्ये पनि पोखरामा सँगै प्याराग्लाइडिङ गर्दाको अनुभव सबैभन्दा रमाइलो लाग्छ । कहिलेकाहीँ सामान्य मनमुटाव हुन्थ्यो, तर एकदम छोटो समयमा नै सकिन्थ्यो । उनी पनि धेरैबेर रिसाएर बस्ने खालकी छैनन् । म पनि त्यस्तै । दुवै एक–अर्कालाई छिट्टै खुसी बनाइहाल्छौँ ।

हामीले ०७१ सालमा विवाह ग¥यौँ । उनलाई मागेर नै विवाह गरेको हो । त्यसैले हाम्रो बिहेलाई प्रेम र मागी दुवै हो भन्छु । विवाहपछि हाम्रो सम्बन्ध झन् गाढा र सुमधुर भएको छ । सँगै भएकाले भेट्नका लागि छुट्टै समय छुट्याउनुपर्ने अवस्था पनि छैन । खेलमा व्यस्त नहुँदा घरमा नै मेरो समय बित्छ । अहिले हाम्रो एउटा छोरा पनि छ । उसको रेखदेखमा सहयोग गर्छु । पढ्दापढ्दै बाबु जन्मेकाले ज्योतिले आफ्नो पढाइचाहिँ पूरा गर्न पाएकी छैनन् ।

छोरा पनि दुई वर्षको भयो । अब बिस्तारै पढाइ पूरा गर भनिरहेको छु । जे होस्, हामी खुसी छौँ । उनी पनि खुसी नै छिन्, मैले बुझेसम्म । तर, प्रेम सम्बन्धमा रहँदाको अनुभूति अलि फरक हुँदोरहेछ । कहिले भेटौँ हुन्थ्यो । भेट्नका लागि आतुर भइरहन्थ्यो । कति कुरा कतिवेला भेटेर सेयर गरौँ भन्ने हुन्थ्यो । विवाह भएपछि घर जाँदा उनी घरमै हुन्छिन् । साँझ कुराहरू पनि सेयर भइहाल्छ भनेर होला पहिलाको जस्तो आतुरपन अलि कम हुन्छ । हुन त त्यसवेला कहिलेकाहीँ एक महिना र कहिले त दुई महिनापछि मात्र भेट हुन्थ्यो । अहिले त्यति धेरै दिनसम्म भेट नहुने हुँदैन । त्यसले पनि होला, अहिलेको जीवन फरक अनुभूतिसँगै छुट्टै रमाइलो छ ।

तपाईको प्रतिक्रिया