logo

bar

उत्तर कोरियाबाट भागेका नागरिकसित सोधिन्छन् यस्ता प्रश्न

| मङि्सर १०, २०७४

उत्तर कोरियाली सिनेमाहरूमा जब कसैको मृत्यु हुन्छ, तब किम उलसँगको जय र कोरियाली वर्कर पार्टीको जयजस्ता नारा लगाइन्छन् । फाइरिङसित जोडिएका हरेक दृश्यमा यस्ता नारा सुनिन्छन् । के मानिसहरू साँच्चै मर्दै गर्दा यस्ता नारा लगाउँछन् त ?

राम्ररी सोचविचार गरेर हेर्नुहोस्, तपाईंलाई कुनै उत्तर कोरियालाी नागरिकसित सोधपुछ गर्नु छ भने त्यतिखेर तपाईं के–कस्ता प्रश्न सोध्नहुन्छ ? अब तपाईंको मनमा तमामतरहका अनेकौँ प्रश्न खडा हुनेछन् । तर, उत्तर कोरियाबाट भागेका मानिससित बारम्बार केही यस्ता उटपट्याङ प्रश्न पनि सोध्ने गरिएका छन् र ती प्रश्नको उनीहरूले दिएको जबाफ थाहा पाउनुभयो भने तपाईंहरू छक्क पर्नुहुनेछ ।

प्रश्न नं. १ : उत्तर कोरियाबाट भागेका मानिसलाई सोध्ने पहिलो प्रश्न हो— के तपाईं उत्तर कोरियाली जासुस हो ?
यस प्रश्नको उत्तरमा उनीहरूको जवाफ हुने गर्छ– जब–जब कुनै उत्तर कोरियाली जासुस पक्राउ पर्छन्, त्यतिखेर मानिसहरू हँसिमजाकका रूपमा हामीसित सोध्ने गर्छन् कि तपाईं जासुस हो ?

प्रश्न नं. २ : के उत्तर कोरियामा मानिसहरू ढुंगाको फुटबल खेल्छन् ?
उत्तर कोरियाली नागरिकले बारम्बार यस प्रश्नको पनि सामना गर्नुपर्छ । यस्ता प्रश्न सुन्दासुन्दा उनीहरू हैरान पनि हुन्छन् । उनीहरूको जवाफ हुने गर्छ— अरे बाबा ! उत्तर कोरियामा पनि फुटबल हुन्छ र कैयौँ मानिसको साथमा आफ्नै फुटबल पनि हुन्छ । कैयौँ मानिसले आफ्ना केटाकेटीको जन्मदिनमा फुटबल उपहार पनि दिने गर्छन् ।

प्रश्न नं. ३ : के उत्तर कोरियामा रोमान्टिक ड्रामा बन्छन् ?
उत्तर कोरियाली नागरिक— उत्तर कोरियामा पनि रोमान्टिक ड्रामा बन्छन् । तर, त्यस्ता ड्रामालाई खासै महत्व दिइँदैन । बढीभन्दा बढी कलाकारहरूको हात समातेकोसम्म देखाइएको हुन्छ । जब उनीहरू एक–अर्कालाई ‘आई लभ यु’ भन्छन्, त्यतिखेर उनीहरू जहिल्यै एक–अर्कालाई पिछा गरिरहेको देखिने गर्छन् । पर्दामा युवती हाँस्दै भाग्छे र युवक युवतीको नाम लिँदै उसको पिछा गरिरहेको देखिन्छ ।

प्रश्न नं. ४ : के सिनेमामा मर्दै गरेको दृश्य देखाइन्छ ?
उत्तर कोरियाली नागरिक— सिनेमाहरूमा जब कसैको मृत्यु हुन्छ, तब किम उलसँगको जय र कोरियाली वर्कर पार्टीको जयजस्ता नारा लगाइन्छन् । फाइरिङसित जोडिएका हरेक दृश्यमा यस्ता नारा सुनिने गर्छन् । मलाई कहिलेकाहीँ लाग्छ कि के मानिसहरू साँच्चै मर्दै गर्दा यस्ता नारा लगाउँछन् त ?

प्रश्न नं. ५ : के तपाईंले किम जोङ इल वा किम जोङ उनलाई देख्नुभएको छ ?
उत्तर कोरियाली नागरिक— साँच्चै भनूँ भन गाउँहरूमा हामी किम जोङ इल वा किम जोङ उन आएको देख्नै चाहँदैनौँ । उनीहरूको भ्रमणको समय निकै अप्ठ्यारो हुन्थ्यो । हाम्रो घर रेलको लिकनजिकै थियो । यसलाई निकै सफा राख्नुपथ्र्यो ।

रेलको लिकमा रहेका हरेक पत्थरलाई निकालेर धोएर पुनः त्यहीँ लगाउनुपथ्र्यो । एउटा कमिला पनि देखिन हुँदैनथ्यो । त्यसैले उनीहरू हाम्रो क्षेत्रमा आउँदै नआउनु नै हाम्रा लागि खुसीको कुरा हुने गथ्र्यो।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डटकमबाट

तपाईको प्रतिक्रिया