logo

bar

महुलीको नाफा ७७ लाख

नयाँ पत्रिका काठमाडौं, ८ मंसिर | मङि्सर ०९, २०७४

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले रू. ७७ लाख खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलव १ प्रतिशत बढी हो । सञ्चालन मुनाफा घटे पनि खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्ता पुँजी ६ करोड रहेको छ भने जगेडा कोष १४ करोड २७ लाख रहेको छ । बैंकको निक्षेप सो अवधिमा २३.३९ प्रतिशत र कर्जा तथा सापटी २६.८० प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशत र बढेको छ भने सञ्चालन मुनाफा १२.८५ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा १ दशमलव ७४ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया