logo

bar

युनाइटेड इन्स्योरेन्सको नाफा १ करोड ४७ लाख

नयाँ पत्रिका काठमाडौं, ८ मंसिर | मङि्सर ०९, २०७४

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ११.१० प्रतिशत कम हो । सो अवधिमा कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रहेको छ भने जगेडा कोष ६ करोड ९४ लाख ऋणात्मक रहेको छ ।

कम्पनीको खुद बिमाशुल्क ९ करोड ८६ लाख रहेको छ भने ४ करोड ६३ लाख दाबी भुक्तानी रहेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.६९% र खर्च तथा व्यवस्था ०.६८ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया