logo

bar

एनएमबि माइक्रोफाइनान्सको नाफा ८८ लाख

नयाँ पत्रिका काठमाडौं, ८ मंसिर | मङि्सर ०९, २०७४

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले रू. ८८ लाख ५४ हजार खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ६५ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेसँगै निष्क्रिय कर्जा बढेपछि बैंकको नाफा घट्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्ता पुँजी रू. १४ करोड ८ लाख रहेको छ भने जगेडा कोष रू. ८ करोड ५० लाख रहेको छ । बैंकको निक्षेप सो अवधिमा ९७ दशमलव ४२ प्रतिशत र कर्जा तथा सापटी ८६ दशमलव १३ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ३५ दशमलव ४३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६ दशमलव ९७ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा १ दशमलव ३८ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया