logo

bar

युएईमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको शाखा

लक्ष्मण खनाल युएई, ९ मंसिर | मङि्सर ०९, २०७४

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा युएईमा गठन गरिएको छ । शुक्रबार बरदुबईमा भएको भेलाले शाखाको तदर्थ समिति गठन गरेको हो ।

गोपीकृष्ण पंगेनीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन भएको छ । उपसंयोजकमा हरि डाँगी, महिला उपसंयोजकमा ओमकुमारी खाँड, सचिवमा ओमकार पोखरेल, महिलासचिवमा किशोरी लामा, सहसचिव बाबुराम परियार, कोषाध्यक्ष नारायण न्यौपाने र सहकोषाध्यक्षमा हरि डुम्रे छन् ।

समितिको पहिलो बैठक शुक्रबार नै बसेको छ । बैठकले रमेश श्रेष्ठ, चन्द्रप्रसाद सापकोटा, एकेन्द्र थापा र लक्ष्मण खनाल रहेको ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

तदर्थ समितिले ६ महिनाभित्र शाखाको पहिलो अधिवेशन गर्ने नवगठित समितिका संयोजक गोपीकृष्ण पंगेनीले जानकारी गराए । कार्यक्रममा युएईमा क्रियाशील करीब ३ दर्जन नेपाली कलाकार उपस्थित थिए ।

तपाईको प्रतिक्रिया