logo

bar

युएईमा प्रकाश दाहाल र खुशीराम पाख्रिनको श्रद्धाञ्जली सभा

लक्ष्मण खनाल युएई, ८ मंसिर | मङि्सर ०८, २०७४

माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च युएईको आयोजनामा प्रकाश दाहाल र जनगायक खुशीराम पाख्रिनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

शुक्रबार बरदुबईमा रहेको सिल्भर स्पोन रेष्टुरेष्टको हलमा भएको कार्यक्रममा उपस्थितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश र जनवादी गायक पाख्रिनको फोटोमा फुल, अविर र खादा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका सचिवालय सदस्य प्रकाश कोइराला, अन्तर्राष्ट्रिय एकता समाजका सदस्य कृष्ण केसी, युएई नेपाली एकता समाजका अध्यक्ष शिवराज जैसी, नेपाली जनप्रगतिशील मञ्च युएईका सल्लाहकार शम्भु वाइवालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शोक मन्तव्य राख्दै अतिथिहरूले दिवंगत आत्माको चीर शान्तिका लागि कामना गरेका थिए । साथै, उनीहरूले वाम एकतामा जोड दिनुपर्ने कुरा पनि राखेका थिए ।

मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका सल्लाहकार हरि नेपालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया