logo

bar

एनआरएन युएईद्वारा ‘विट डाइविटिज वाल्क’ मा सहभागी

लक्ष्मण खनाल युएई | मङि्सर ०८, २०७४

ल्यान्डमार्क ग्रुपद्वारा आयोजना गरिएको विट डाइविटिज वाल्कमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) युएई सहभागी भएको छ ।

स्वास्थ्यका लागि जनचेतना दिने उद्देश्यका साथ शुक्रबार विहान युएईस्थित क्रिक पार्कबाट सुरु भएको उक्त कार्यक्रम करिब ३ किलोमिटरको यात्रापछि पुनः पार्कमा नै आएर सकिएको थियो । कार्यक्रममा एनआरएन युएईको तर्फबाट युवा प्रतिनिधि नविन पौडेलको पहलमा नेपालीहरु सहभागी भए ।

विगतका बर्षहरुमा जस्तै ल्यान्डमार्क ग्रुपद्वारा आयोजना गरिएको विट डाइविटिज वाल्कमा स्थानिय व्यक्तिहरु लगायत विभिन्न देशका नागरिकहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया