logo

bar

श्रीमतीसँग रम्दै जाका

एजेन्सी काठमाडाैं | मङि्सर ०८, २०७४

आर्सनलका स्विस मिडफिल्डर ग्रानिट जाका श्रीमतीसँग घुम्न निस्केका छन् । प्रिमियर लिगअन्तर्गत आर्सनल र टोटन– ह्यामबीचको खेलअघि जाकाले श्रीमतीसँग समय बिताइरहेको फोटो इन्स्टाग्राममा हालेका थिए । इन्स्टाग्राममा प्रेमिल क्याप्सन लेखेर रोमान्टिक फोटो हाल्ने छवि बनाएका जाकाले यसपटक पनि श्रीमतीसँग बिताएका पल आफ्ना फ्यानसामु बाँड्न छुटाएनन् । भर्खरै उत्तरी आयरल्यान्डलाई हराएर विश्वकपमा स्थान बनाएको स्विट्जरल्यान्डका खेलाडी जाका पछिल्लो समय आर्सनलका पनि भरपर्दा मिडफिल्डरका रूपमा उदाउँदै छन् । नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनह्यामलाई २–० ले पराजित गर्दा जाकाको प्रदर्शन तारिफयोग्य थियो ।


लामो समयको प्रेम सम्बन्धपछि गत जुलाईमा लगनगाँठो कसेको यो जोडी मैदानमा पनि रोमान्स गर्न पछि पर्दैन । जाकाकी श्रीमति लियोनिता लेकाज आर्सनलका अधिकांश खेल हेर्न मैदानमा आउने गर्छिन् । खेल सकिएपछि मैदानमै उनीहरूले न्यानो चुम्बन साटासाट गरेको देख्न पाइन्छ । त्यसैले पनि यो जोडी खेलाडीको जोडीमध्ये रोमान्टिक जोडिमा गनिन्छ ।

तपाईको प्रतिक्रिया