logo

bar

रोनाल्डोले मसँग रात बिताए

एजेन्सी काठमाडाैं | मङि्सर ०८, २०७४

रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् । ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेरेपछि मेरो नितम्ब मन परेको र प्रत्यक्ष हेर्न मन लागेको भन्दै आफ्नो अपार्टमेन्टमा बोलाए । एकछिन गफ गरेपछि मैले मेरो लुगा खोलेर नितम्ब देखाएँ । त्यो रात एकदमै सुन्दर बितेको थियो,’ नतासाले खुलासा गरिन् ।
रोनाल्डोले उक्त रात आफ्नी प्रेमिकालाई धोका दिन नचाहे पनि आफ्नो नितम्ब देखेपछि सम्हालिन नसकेको बताएको पनि नतासाले थपिन् । नतासाले सो रातपछि भने रोनाल्डोसँग आफ्नो भेट नभएको बताइन् । ‘हामीले केबल एक रात साथमा बितायौँ । त्यो मेरो जिन्दगीको सबैभन्दा विशेष रात थियो । मलाई त्यहीवेला थाहा थियो हाम्रो सम्बन्ध अघि बढ्दैन । तर, म मेरा प्रिय फुटबलरसँग रात बिताउने मौका गुमाउन चाहन्नथेँ,’ उनले थपिन् ।

रोनाल्डो लामो समयदेखि प्रेमिका जर्जिना रोड्रिग्वेजसँग सम्बन्धमा छन् । भर्खरै रोनाल्डो र जर्जिनालाई पुत्रीलाभ भएको छ । नतासाको यो खुलासाले रोनाल्डो र उनकी प्रेमिकाबीचको सम्बन्धमा तिक्तता निम्त्याउने डर व्याप्त छ । तर, यस विषयमा रोनाल्डोले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाईको प्रतिक्रिया