logo

bar

आर्सनलकी फ्यानको “गोल सेलिब्रेसन” गर्ने काइदा

एजेन्सी काठमाडाैं | मङि्सर ०८, २०७४

२००४ यता आर्सनलले प्रिमियर लिग टाइटल जित्न सकेको छैन । तर, आर्सनल फ्यानको उत्साहमा भने कुनै कमी देखिएको छैन । न त हरेक सिजनको प्रत्येक खराब खेलपछि ‘वेंगर आउट’ भन्दै आर्सनलका फ्यानहरूले व्यवस्थापक आर्सेन वेंगरलाई हटाउन दिइने दबाबमा नै कुनै परिवर्तन आएको छ । यसपटकको नर्थ लन्डन डर्बीमा यो क्रम कायम रह्यो ।


आर्सनलकी समर्थक इन्स्टाग्राम मोडल टेरी लुइजले टोटेनह्यामविरुद्धको खेलमा अर्धनग्न फोटो इन्स्टाग्राममा पोस्ट गरेर गोलको खुसी मनाइन् । इन्स्टाग्राममा पहिलेदेखि नै अर्धनग्न फोटो हालेर २० हजार फलोअर बटुलिसकेकी टेरीले आफू पहिलैैदेखि आर्सनलको फ्यान भएको बताइन् । ‘म सुरुदेखि नै आर्सनलको फ्यान हुँ किनकि आर्सनल सबैभन्दा फिट टिम हो । अब आर्सनलले आफ्नो म्यानेजर फेर्ने वेला भयो । वेंगर बुढा भए, उनको ठाउँमा जवान म्यानेजर ल्याउनु पर्छ’ लेखिन् ।
भ्याएसम्म परिवारका साथ इमिरेट्समै गएर आर्सनलको खेल हेर्ने उनी घरमै बसेर हेर्दा पनि आर्सनलको जर्सी लाएर हेर्ने गरेको बताउँछिन् । ‘मसँग आर्सनलको सबै किट छ । म घरमा बसेर हेर्दा पनि सबै किट लाएर हेर्छु । आर्सनलको खेल भएको दिन भित्री कट्टु पनि रातै रंगको लाउने गर्छु र आफ्ना स्तन हल्लाएर गोल सेलिब्रेट गर्छु,’ उनले थपिन् ।

तपाईको प्रतिक्रिया