logo

bar

लेभाटोसँग डिनरमा : नेयमार

एजेन्सी काठमाडाैं | मङि्सर ०८, २०७४

ब्राजिलियन स्ट्राइकर नेयमार इंग्ल्यान्डविरुद्धको खेलपछि डेमी लेभाटो र लैला अन्ना लीसँग डिनरमा गएका छन् । बार्सिलोनाबाट विश्वकै सबैभन्दा महँगा खेलाडीका रूपमा पिएसजीमा गएका नेयमारले कुनै जादू देखाउन नसकेपछि इंग्लयान्डविरुद्धको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेल जित्न नसके पनि उनले रमाइलो गर्न भने छाडेनन् ।


नेयमार र लेभाटोले एकअर्कालाई साथी मात्र भने पनि उनीहरू साथीभन्दा बढी भएको हुन सक्ने भन्दै बारम्बर चर्चा चल्ने गरेको छ । २५ वर्षीया अमेरिकी गायिका लेभाटो र नेयमार यसअघि पनि सँगै बाहिर देखिने गर्थे । तर, सधैँ साथी मात्र भएको प्रतिक्रिया दिने गरेका छन् । ब्राजिलियन खेल पत्रकार लैला भने यसपटकको फिफा उत्कृष्ट अवार्डको कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी थिइन् । नेयमारले डिनरपछि लन्डनमा घुम्दै गरेको फोटो ‘साथीहरूसँग डिनर खाएर रमाइलो गरिँदै छ’ लेखेर इन्स्टाग्राममा हालेका थिए ।
यसपटकको विश्वकपको दाबेदार मानिएको ब्राजिलले उपाधि जित्ने–नजित्ने नेयमारको खेलमा भर पर्नेछ । पिएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनले ब्राजिलबाट पनि त्यस्तै खेल्ने धेरैको विश्वास छ ।

तपाईको प्रतिक्रिया