logo

bar

ठूलो परिमाणमा भेटिएको विस्फोटक पदार्थ नष्ट

हरिराम उप्रेती गोरखा, ८ मंसिर | मङि्सर ०८, २०७४

गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट स्थीत पाण्डे गाउँमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाले नष्ट गरेको छ ।

स्थानीय गणेश राज पाण्डेको भत्किएको घरमा ३ जोडा टुपीन र प्लग, ३३ नम्वर कमर्सीयल डेटोनेटर ७ सय ९० थान, डेटोनेटर ९ सय ७० थान र २ थान सकेट बम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

विस्फोटक पदर्थ बनाउन प्रयोग हुने उक्त सामाग्री नेपाली सेनाको टोलीले शुक्रबार नष्ट गरेको हो । ‘बिहीबार भत्किएको घरमा शंकास्पद वस्तु देखेपछि हामीलाई स्थानीयले खवर गरे, हिजो देखि नै हामीले त्यो ठाउँमा प्रहरी परिचालन गर्‍यौँ,’ डिएसपी भेषराज रिजालले भने ‘आज विहान हेर्दा एक वोरा विस्फोटक पदार्थ भेटियो ।’

२०५६ सालदेखि उक्त घरमा कोही नबस्ने गरेको स्थानीयले बताएका छन् । शंकास्पद वस्तु भेटिएको स्थल जनकल्याण मावी गोहोरे मतदान केन्द्रबाट केही दुरीमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु