logo

bar

महानगरमा विकास निर्माणले गति लियो : मेयर शाक्य

नयाँ पत्रिका काठमाडौं, ८ मंसिर | मङि्सर ०८, २०७४

वर्षा सकिएसँगै काठमाडौं महानगरपालिकामा विकास निर्माणका कामले गति लिएको मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । काठमाडौं वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै शाक्यले विकास निर्माणको कामले गति लिएको बताएका हुन् ।

महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम सुरु गरिएको जानकारी दिए । ती आयोजनाका लागि एक अर्बभन्दा बढीको बजेट विनियोजन गरिएको छ । ‘जीवन्त, सुन्दर र समृद्ध सहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ,’ उनले भने, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामग्री जथाभावी राख्नेजस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’

शाक्यले जथाभावी सडकमा राखिएका निर्माण सामग्रीको व्यवस्थापन पनि भइरहेको बताए । उनले स्थानीयका साथै केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न सजिलो हुने तर्कसमेत गरे । रासस

तपाईको प्रतिक्रिया