logo

bar

डडेल्धुरा पुगेर ओलीले भने, ‘देउवाजीलाई ज्योतिषले प्रधानमन्त्री बनाइदिन्छन्, तपाईकाे भोट हामीलाई दिनुस्’

करन ताम्राकार डडेल्धुरा, ७ मंसिर | मङि्सर ०७, २०७४

प्रधानमन्त्री देउवाको गृह जिल्लमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले स्थायी सरकारका लागि वाम गठबन्धका उम्मेदवार खगराज भट्टलाई भोट हालेर जिताउनु डडेल्धुरावासीलाई आग्रह गरेका छन् ।

डडेल्धुरा जिल्लमा देखिएको जनताको उत्साहले वाम गठबन्धनका उम्मेदवारको जित निश्चित भएको उनले दावी गरे । अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवालई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनेका छन् । उहाँलाई ज्योतिषले प्रधानमन्त्री बनाईदिने भएकाले डडेल्धुरावासीको भोट नचाहिने हुँदा तपाईले आफ्नो अधिकारका लागि मत वामगठबन्धनलाई दिनुस् ।’

दिउसो ३ बजे डडेल्धुरा पुग्ने कार्यक्रम भएपनि ओली ५ बजे मात्र आमसभामा सम्बोधन गर्न पुगेका थिए । अध्यक्ष ओलीले सदुरपश्चिमको समृद्ध विकासका लागि पञ्चेश्वर जलविधुत आयोजना, पश्चिम सेती जलविधुत आयोजनाकोकाम आगामी दिनमा वामपन्ती सरकारले बनाउने भएकोले जनताले कुनै शंका नर्गुन आग्रह गरे । उनले चीनसँगको व्ययापारिक नाका टिकंर सडकलाई ५ वर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ आगाडि बढेको बताए ।

देउवा चार पटक प्रधानमन्त्री भईसेकाले डडेल्धुराको विकासमा जनताले चाहेजस्तो नभएकले अब खगराज भट्टलाई विजयी गराउन सबैलाई अग्रह गरे । उनले भने, ‘विकास गर्नकालागि १० पटक प्रधानमन्त्री बन्नु पर्दैन । एक पटक प्रधानमन्त्री भए हुन्छ जो, म प्रधानमन्त्री भएको बेला गरेका काम जनतालाई थाहा छ ।

डडेल्धुराको आमसभामा डडेल्धुराका कांग्रेसका संस्थापक सभापति रामचन्द्र चटौतसहित ५ सय जना नेता कार्यकर्ता कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेका छन् । उनीसँग डडेल्धुराको आम सभामा माओवादी केन्द्रका महासचिव रामबहादुर थापा (बादल) र एमालेका उपाध्यक्ष भीम रावल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु