बुवाको किरियामा बसेका नेकपाका बैतडी इन्चार्ज पक्राउ – Page 94916 – Naya Patrika

नयाँ सहर रहने स्थानमा पूर्वतयारी निर्माण धमाधम – सहरी विकास मन्त्रालयले मध्यपहाडी राजमार्गमा १० नयाँ सहर विकासका लागि आवश्यक पूर्वतयारीस्वरूप पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकतासाथ अघि बढाएको छ । मन्त्रालयले…
पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुत्रशोक परेको छ । बिहान आकस्मिक हृदयघातबाट प्रचण्डका छोरा प्रकाशको मृत्यु भएकोपछि शोकमा डुबेको हो । श्रद्धाञ्जली दिनका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ…
पूरा पढ्नुहोस् »

मीरा राई विश्वले चिनेको धाबिका हुन् । विश्वमा हुने थुप्रै प्रतिस्पर्धामा भाग लिएर आफूलाई अब्बल साबित गरेकी मीराले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम पनि गरेकी छिन् । उनै मीरा राईको…
पूरा पढ्नुहोस् »

के तपाईंलाई विनाकारण डर लागिरहने, आत्तिने, खतराको महसुस हुने, मन बेचैन हुने गर्छ ? यदि यस्तो भएको छ भने तपाईंलाई प्यानिक डिसअर्डर हुन सक्छ । यस्ता छन्, प्यानिक डिसअर्डरका लक्षण…
पूरा पढ्नुहोस् »

पुरानो प्रविधिको एनालग केबल टेलिभिजनलाई डिजिटलमा लैजान सरकारले चरणबद्ध रूपमा समय छुट्याएको छ । जसअनुसार पहिलो चरणमा गएको वैशाख १५ बाट काठमाडौं, ललितपुर, पोखरा, विराटनगर र वीरगन्जमा रहेका केबल वितरकहरूले…
पूरा पढ्नुहोस् »

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएका छन् । ३७ वर्षसम्म जिम्बाबेमा एकछत्र शासन गरेका मुगाबेले मंगलबार राजीनामा दिएका हुन् । सहज ढंगले शक्ति हस्तान्तरणका लागि आफूले स्वेच्छिक राजीनामा दिएको उनले…
पूरा पढ्नुहोस् »

आइसिसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपाल लगातार दोस्रो खेलमा पनि १ अंक लिन बाध्य भएको छ । मंगलबार हङकङविरुद्धको खेल वर्षा बाधक बनेपछि हुन सकेन । सोमबारको आयोजक थाइल्यान्डसँगको…
पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गइरहेका वेला मुख्य राजनीतिक दलका प्रमुख उम्मेदवारलाई लक्षित गरी शृंखलाबद्ध रूपमा सांघातिक आक्रमण भइरहेका छन् । घटनामा, संयोगवश लक्षित मानवीय क्षति नभएका कारण सांघातिक…
पूरा पढ्नुहोस् »

मौलिक पोसाकमा सजिएका शेर्पिनी युवतीहरूले कम्मरमा भुँड्कामा पानी बोकेर लहरै उकालो लाग्दै गर्दा क्यामेरामा कैद गर्न लालायित पर्यटकको ताँती लाग्थ्यो । चाैँरी, गोठ र गोठालाको दैनिकी, शेर्पा समुदायका विविध सांस्कृतिक…
पूरा पढ्नुहोस् »

मानिसको न्यूनतम आवश्यकता गाँस, बास र कपास हुन् । यीमध्ये पनि गाँस अर्थात् खाना उसको पहिलो र सबैभन्दा महत्वपूर्ण आवश्यक वस्तु हो । मानिसले खानाकै लागि बिहानदेखि बेलुकासम्म संघर्ष गर्छ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, बैतडी   |   १६ घन्टा अगाडि

मिलनप्रकाश ढुंगाल/नयाँ पत्रिका

बुवाको किरियामा बसेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बैतडीका जिल्ला इञ्चार्ज बासुदेव जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरबाट सोमवार पक्राउ गरेको हो ।

विभिन्न जिल्लामा नेकपाले उच्छृंखल गतिविधि गरेर नागरिकलाई त्रासमा पारी आसन्न चुनाव भाड्न खोजेको भन्दै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए । ‘चुनावी सुरक्षालाई ध्यानमा राखेर शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने केन्द्रिय रणनीति नै हो ।’ शर्माले भने ।

पक्राउप्रति परिवारको आपत्ति

बुवाको निधन भएको ११ दिनमा किरिया बसेका जोशीलाई प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि जोशी परिवारले आपत्ति जनाएको छ । चुनाव विरुद्ध कुनै पनि गतिविधिमा संलग्न नरहदा पनि किरियामा बसेकै अवस्थामा घरबाट धरकपड गरेको उनका भाई अनिरुद्र जोशीले बताए । पितृशोकमा परेको वेला प्रहरीको नांगो हस्तक्षेप सहनुपरेको छ,’ उनले भने, ‘किरिया पनि पुरा गर्न दिएनन् ।’
तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले केही दिनअघि पनि बैतडीमा नेकपाका अन्य ६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले चिढ्याउन खोजे, परिणाम नराम्रो हुने चेतावनी

आफ्ना कार्यकर्ता पक्राउ परेपछि नेकपाले आक्रोशित भएको छ । छलफलका लागि भनेर बोलाएर आफ्ना निर्दोष कार्यकर्ता पक्राउ गरेर चिढाउन खोजेकाले त्यसको परिणाम नराम्रो हुने नेकपाका महाकाली व्यूरो कार्यालय सचिव अग्नीले विज्ञप्ती मार्फत जनाए ।

चुनावप्रति संयम रहेका आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई पक्राउ गरेको र यो क्रम चलिरहेकाले यसको गम्भीर परिणामप्रति प्रशासन स्वयंले जिम्मेवार हुनुपर्ने विज्ञप्तीमा जनाइएको छ ।

प्रहरीले नेकपाका जिल्ला इन्चार्ज जोशीसँगै जिल्ला सचिवालय सदस्य बषन्तराज जोशी, शिक्षकहरु महेन्द्रराज बिष्ट र बाशुदेव बोहरालाई पक्राउ गरेको छ । त्यस्तै कारबाही पश्चात् नेकपामा नरहेका हरिलाल विकलाई पनि पक्राउ गरेको छ ।

विप्लवका कार्यकर्ता भन्दै माओवादीका कार्यकर्ता धमाधम पक्राउ

बैतडीमा विप्लव माओवादीका कार्यकर्ता भन्दै प्रहरीले माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । आइतवार प्रहरीले नेकपाकै कार्यकर्ता भन्दै माओवादी केन्द्रका कार्यकर्ता गजेन्द्र चन्द र प्रेमसिंह कार्कीलाई पक्राउ गरेको हो । माओवादी केन्द्रले उनीहरु आफ्ना क्रियाशील सदस्य रहेको र तत्काल रिहाई गर्न माग गरेको छ । यता प्रहरीले भने उनीहरुको गतिविधि शंकास्पद रहेको भन्दै चुनाव पछि मात्रै छोड्ने जनाएको छ ।