बाँकेका मतदाता भन्छन् – भाेट कसरी हाल्ने अझै थाहा छैन – Naya Patrika

सर्वाेच्च अदालत मा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वाेच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो । बम राखिएको…
पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुत्रशोक परेको छ । बिहान आकस्मिक हृदयघातबाट प्रचण्डका छोरा प्रकाशको मृत्यु भएकोपछि शोकमा डुबेको हो । श्रद्धाञ्जली दिनका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ…
पूरा पढ्नुहोस् »

पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् । डरपोक यसर्थमा कि कुनै गल्ती गर्दा उनीहरू कसैले आमाको पिटाइ…
पूरा पढ्नुहोस् »

कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन ।…
पूरा पढ्नुहोस् »

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार राजनीतिक दलको शीर्ष नेतृत्वसँग निर्वाचनपछिको अर्थतन्त्रका विषयमा ‘राष्ट्रिय आर्थिक बहस’ आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली…
पूरा पढ्नुहोस् »

युवा नेता राहुल गान्धीलाई कंग्रेस अध्यक्ष बनाउने तयारी सुरु भएको छ । नयाँदिल्लीमा सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको कंग्रेस वर्किङ कमिटी (सिडब्लुसी)को बैठकमा उपाध्यक्ष राहुललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव…
पूरा पढ्नुहोस् »

आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ । बैंककस्थित टेडथाई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा…
पूरा पढ्नुहोस् »

सर्वमान्य परिभाषाअनुसार लोकतन्त्र भन्नाले ‘जनताद्वारा, जनताका लागि गरिने जनताको शासन भन्ने बुझिन्छ । लोकतन्त्रमा जनता नै सबैभन्दा माथि हुन्छन् । जनताको आदेशविना लोकतन्त्रमा कुनै पनि काम गर्न सम्भव छैन ।…
पूरा पढ्नुहोस् »

हिमाल शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । एसएलसी उत्तीर्ण भएसँगै राजनीतिमा लागेका शर्माले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा निकै संघर्ष गरेका उनले आफ्नो विद्यार्थीजीवन यसरी…
पूरा पढ्नुहोस् »

लोकतान्त्रिक पद्धतिमा जनताको सहभागिताको पहिलो माध्यमका रूपमा आवधिक निर्वाचनलाई लिने गरिन्छ । यस्ता आवधिक निर्वाचनमार्फत नागरिकले आफ्ना प्रतिनिधि छनोट गर्छन् र आफ्ना लागि शासक नियुक्त गर्छन् । यसलाई व्यवस्थापन गर्दा…
पूरा पढ्नुहोस् »

विश्वराज पछल्डङ्ग्या, बाँके, ४ मंसिर   |   १४ घन्टा अगाडि

आ–आफ्ना एजेन्डा लिएर उम्मेदवार र राजनीतिक दलका नेताहरू गाउँगाउँमा पुगिसकेका छन् । गाउँ र टोलमा उम्मेदवारका फोटोसहितका पर्चा, पम्प्लेट यत्रतत्र देख्न सकिन्छ । तर, मतदान गर्ने विषयमा नै मतदाता अन्योलमा छन् ।

उम्मेदवार र राजनीतिक दलका नेताहरू भोट माग्न आए पनि कसरी मदान गर्ने भन्ने विषयमै आफू जानकार नरहेको राप्ती–सोनारी गाउँपालिका–६ की विद्या गुरुङले बताइन् ।

उनले ३ वटा मतपत्र भएको विषयमा जानकारी भए पनि मत पत्रमा स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा भोट कसरी खसाल्ने विषयमा अन्योल रहेको बताइन् ।

उनले अहिलेसम्म मतदाता शिक्षाका लागि स्वयंसेवकहरू गाउँमा नआएको बताइन् । ‘तीनवटा मतपत्र छ भन्छन् । अहिलेसम्म मतपत्र देखेको छैन ।स्वस्तिक छाप कसरी लगाउने र मतपेटिकामा पतपत्र कसरी खसाल्ने जानकारी छैन,’ उनले भनिन् ।

मतपत्रबारे कुनै जानकारी नभएको डुडुवा गाउँपालिका–१, खडैचाका राजकुमार शुक्लाले बताए । उनले मतदाता शिक्षाका लागि गाउँमा कोही नआएकाले गाउँका धेरैजसोलाई मतदान र मतपत्रबारे जानकारी नभएको बताए ।

‘पहिलेको निर्वाचनमा भएको मतपत्रजस्तै अहिले पनि होला भन्ने लागेको छ,’ उनले भने ।

गाउँमा मतदाता शिक्षा दिने स्वयंसेवकहरू खटिएको भन्ने सुने पनि अहिलेसम्म नदेखेको बताए । ‘प्रत्येक क्षेत्रको मतपत्र फरक हुन्छ भन्ने हल्ला त सुनेको छु । तर, कस्तो मतपत्र छ भन्ने अहिलेसम्म जानकारी पाएको छैन,’ बाढीपीडित संघर्ष समितिका सचिवसमेत रहेका शुक्लाले भने ।

निर्वाचनमा होमिएका उम्मेदवारका संख्याको आधारमा प्रत्येक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रको मतपत्र फरक हुने भएको छ ।

उम्मेदवार नउठेका राजनीतिक दलको चुनाव चिह्न नहुने भएकाले सर्वसाधारण मतदातालाई मतपत्रबारे समयमै नसिकाउने हो भने मतदाता अन्योलमा पर्ने बैजनाथ गाउँपालिका–५, वनकटवाकी यमुना तिमिल्सिनाले बताइन् ।

उनले मतदाता शिक्षा हरेक मतदातालाई आवश्यक भएको बताइन् । ‘पहिलेभन्दा यसपालिको मतपत्र एकदमै फरक छ, क्षेत्रअनुसार फरक मतपत्र हुने भएकाले धेरै मतदाता झुक्किने सम्भावना छ । मत बदर घटाउन हरेक मतदातालाई जानकारी गराउनुपर्छ,’ उनले भनिन् ।

३२७ जना स्वयंसेवक परिचालन
मतदाता शिक्षाका लागि गाउँ–गाउँमा स्वयंसेवक परिचालन गरिएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्त अधिकारीले बताए । उनले प्रत्येक मतदान केन्द्रमा एकजनाका दरले बाँकेमा ३२७ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको बताए ।

मतदाता शिक्षा स्वयंसेवक वा निर्वाचन शिक्षा कार्यकर्ताले आफ्नो केन्द्रअन्तर्गतका गाउँ र टोलमा मतदाता शिक्षा सञ्चालन गर्ने बताए ।

उनले स्वयंसेवकहरू घर–घरमा गएर मतदाता शिक्षा दिने बताए । ‘कसैलाई नछुटाउने गरी मतपत्र, मतदान प्रक्रिया र मतपेटिकाबारे जानकारी दिन स्वयंसेवक खटाएका छौँ,’ उनले भने ।

बाँकेमा २५ कात्तिकतेदेखि मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । ती स्वयंसेवकले मौन अवधिअघिसम्म मतदाता शिक्षा सञ्चालन गर्ने र मतदानका वेला मतदान अधिकृतलाई सहयोग गर्ने अधिकारीले बताए ।