गुल्मीमा महिला मतदाता बढी उम्मेदवार शून्य – Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धन संसदीय प्रणालीलाई उल्टाउनका लागि भएको बताएका छन् । नेता पौडेलले संसदीय लोकतान्त्रिक प्रणाली लागु गर्न कांग्रेसको जित आवश्यक रहेको बताए । कांग्रेसले विहिबार…
पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुत्रशोक परेको छ । बिहान आकस्मिक हृदयघातबाट प्रचण्डका छोरा प्रकाशको मृत्यु भएकोपछि शोकमा डुबेको हो । श्रद्धाञ्जली दिनका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ…
पूरा पढ्नुहोस् »

अनलाइन प्रविधीमार्फत रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध गराउनका लागि आवर जवडेस्क नामक नयाँ वेवसाईट निर्माण भएको छ । जवडेस्क कम्पनीले यो वेवसाईटमा असीमित आवश्यकताको सूचना पोस्ट गर्न नि:शुल्क…
पूरा पढ्नुहोस् »

विष्णुरथ गिरी बालरोग विशेषज्ञ पछिल्लो समयमा बालबालिकाहरूको आकस्मिक मृत्यु बढिरहेको छ । सामान्य तरिकाले हेर्दा यस्तो मृत्युको कुनै कारण नै भेटिँदैन । यसरी कुनै रोग नलागेजसरी हुने मृत्युको रहस्यबारे विष्णुरथ…
पूरा पढ्नुहोस् »

सिन्धुलीमाडीदेखि खुर्कोटसम्मको ३७ किलोमिटर सडकखण्डमा मात्र १२ स्थानमा समस्या – १ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा सवारी चलाउन २५ स्थान जोखियुक्त देखिएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र…
पूरा पढ्नुहोस् »

भारतमा फेरि अर्का पत्रकारको हत्या भएको छ । दक्षिणूर्वी राज्य त्रिपुरास्थित प्रहरी कार्यालयमा समाचार संकलन गर्न गएका सुदीपदत्त भौमिकको सोही प्रहरी कार्यालयका जवानको गोली लागेर मंगलबार मृत्यु भएको हो ।…
पूरा पढ्नुहोस् »

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको साबिक विजेता रियल म्याड्रिड नकआउट चरणमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार सम्पन्न समूह एचमा स्पेनिस क्लब रियलले अपोल निकोसियामाथि ६–० को प्रभावशाली जित…
पूरा पढ्नुहोस् »

नेपाली नागरिकले राजनीतिक वृत्तबाट यदाकदा सामान्य आत्मसन्तुष्टि प्राप्त गर्छन् । नेपालको राजनीतिक घटनाक्रमलाई नियाल्दा पनि नेतृत्व तहसँग रिस, आक्रोश र घृणा व्यक्त गर्ने जमातले राजनीतिक दलको सिद्धान्त र विचारलाई आत्मबोध…
पूरा पढ्नुहोस् »

मौलिक पोसाकमा सजिएका शेर्पिनी युवतीहरूले कम्मरमा भुँड्कामा पानी बोकेर लहरै उकालो लाग्दै गर्दा क्यामेरामा कैद गर्न लालायित पर्यटकको ताँती लाग्थ्यो । चाैँरी, गोठ र गोठालाको दैनिकी, शेर्पा समुदायका विविध सांस्कृतिक…
पूरा पढ्नुहोस् »

नेपालको राजनीतिक इतिहासको पछिल्लो कालखण्ड माओवादी जनयुद्धका प्रभावबाट प्रभावित छ । ०५२ मा तत्कालीन माओवादीले आरम्भ गरेर ६ वर्ष पुग्दानपुग्दै देशलाई नै गृहयुद्ध र संकटकालीन अवस्थातिर धकेलेको युद्धले केवल सशस्त्र…
पूरा पढ्नुहोस् »

टोपलाल अर्याल, गुल्मी, २ मंसिर   |   मङि्सर ०२, २०७४

गुल्मीमा पुरुषको तुलनामा सात हजारभन्दा बढी महिला मतदाता छन् । जिल्लामा हुने हरेक राजनीतिक आन्दोलन र गतिविधिमा महिला अग्रभागमा देखिन्छन् । तर, अवसर दिने वेलामा भने महिलाको स्थान पछाडि हुने गरेको छ ।

फाइल तस्बिर : अखण्ड ५ नम्बर प्रदेशको आन्दोलन, जिल्ला प्रशासनमा धर्ना तथा जुलुसमा अग्रपंक्तिमा महिला नेतृहरू ।

स्थानीय तहको निर्वाचनमा पनि दलहरूले धेरै स्थानमा महिलालाई उपप्रमुखमै सीमित गराए । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पनि सबै राजनीतिक दलले गुल्मीमा महिला उम्मेदवार शून्य बनाएका छन् । गुल्मीमा दुई प्रतिनिधि तथा चार प्रदेश सभा क्षेत्र छन् । २१ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि कुनै पनि राजनीतिक दलले महिला उम्मेदवार नउठाएपछि महिला उम्मेदवार शून्य भएको हो । ‘सबै पार्टीमा लामो समयदेखि क्रियाशील महिला नेतृहरू छन् । तर, योग्यताभन्दा पनि पितृसत्तात्मक सोच, पैसा, गुट र नातावादबाट पार्टीमा माथि उठ्न सकेनन्,’ रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक पदमप्रसाद पाण्डेले भने ।

उचित सम्बोधनसमेत पाएनौँ : नेतृ गौतम
अखिल नेपाल महिला संघकी अध्यक्ष ललिता गौतमले दुईपटकसम्म टिकटका लागि पार्टीभित्र संघर्ष गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरिन् । ‘मैले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशका लागि टिकट मागेकी थिएँ,’ उनले भनिन्, ‘टिकट दिनु त परै, यो कारण टिकट पाइएन भनेर सम्बोधन पनि पार्टीबाट भएन ।’ उनले महिला हरेक हिसाबले चुनाव लड्न सक्षम भए पनि राजनीतिक दल अझै पितृसत्तात्मक सोचबाट ग्रसित बनेको आरोप लगाइन् । ‘स्थानीय तहको निर्वाचनमा पनि मैले टिकट मागेकी थिएँ, तर पार्टीले दिएन,’ उनले भनिन्, ‘पटक–पटक अवसरबाट वञ्चित गराउनु भनेको महिलालाई पछाडि पार्नु हो ।’ प्रतिनिधि र प्रदेश सभाका लागि पार्टीले जिल्लाबाट सिफारिस गर्ने र केन्द्रले टिकट दिने भएकाले पनि जिल्लास्तरका नेतालाई यो झन्झटबाट उम्किन सजिलो भएको छ ।

‘टिकट माग्ने होइन, अब खोस्नुपर्छ’
अहिलेको निर्वाचनमा जसले उम्मेदवारी दिए पनि निर्वाचन आचारसंहिताले तोकेको रकमले पुग्दैन । जसले गर्दा महिलाले खर्च गर्दैनन् भनेर पनि टिकट नदिएको कतिपयको गुनासो छ । ‘उम्मेदवारले हार्नु नै पार्टीले हार्नु हो, त्यसैले सकेसम्म जित्नेलाई टिकट दिनुपर्छ,’ नाम नलेख्ने सर्तमा एक नेताले भने, ‘यो समस्या केन्द्रबाट गाउँसम्म छ ।’ महिला अधिकारकर्मी कमला बरालले दलहरूसँग टिकट मागेर होइन, खोसेर लिने वेला आएको बताइन् । ‘राजनीतिक दलले आमसभामा मात्र महिला अधिकारका चर्को भाषण गर्छन्,’ उनले भनिन्, ‘अवसर दिने वेलामा चुकिरहेका छन् ।’ अब राजनीतिक दलले कुनै एक क्षेत्रबाट महिलालाई टिकट दिँदा अर्को राजनीतिक दलले पनि सोही ठाउँबाट महिला नै उठाउने कानुन बनाएमा मात्र महिलाले निर्वाचनमा प्रत्यक्षतर्फ टिकट पाउने उनको भनाइ छ ।

महिलालाई थन्क्याउने  ठाउँ समानुपातिक

गुल्मीका सबै पार्टीले समानुपातिकमा भने महिलालाई राखेका छन् । समानुपातिक कोटा निर्वाचनपछिको परिणामले निर्धारण गर्ने भएकाले त्यो त्यति सुरक्षित मानिँदैन । तर, प्रत्यक्षमा टिकट दिन नसकेपछि दलहरूले समानुपातिकमा भने थुप्रै महिलाको नाम केन्द्रमा सिफारिस गरेका थिए । त्यसमा पनि धेरै अटाएका छैनन् । केन्द्र र प्रदेशमा गरेर प्रमुख तीन पार्टीबाट चारजनाले टिकट पाएका छन् ।

जिल्लाबाट नौ नेतृको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको कांग्रेसले जनाएको छ । तर, केन्द्रका लागि नेतृ सुवर्ण ज्वारचनले मात्र टिकट पाएकी छन् । प्रदेशमा महिला छैनन् । एमालेले पनि दुवै तहका लागि एक दर्जन महिलाको नाम सिफारिस गरे पनि केन्द्रमा रामकुमारी झाँक्री र मैना भण्डारीले मात्र समानुपातिकको टिकट पाएका छन् । एमालेले पनि समानुपातिकतर्फ प्रदेशमा महिलालाई टिकट दिएको छैन भने माओवादी केन्द्रले प्रदेश सभाका लागि गीता रिजालको नाम राखेको जिल्ला इन्चार्ज वीरबहादुर कार्कीले बताए । ‘हामीले जिल्लाबाट झन्डै नौ÷दशजना महिला नेतृको नाम प्रत्यक्षतर्फ सिफारिस गरी पठाएका थियौँ,’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने, ‘तर, पार्टीको केन्द्रीय संसदीय बोर्डले उहाँहरूलाई टिकट दिएन, त्यो दुःखको कुरा हो ।’