पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा फालेलुङ पहिरोपीडितलाई राहत - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सरोज शर्मा, पाँचथर, २७ असोज   |   असोज २७, २०७४

गएको साउन पहिलो साता यता पटक पटक झरेको पहिरोमा परी घरबारी गुमाएका पाँचथरको फालेलुङका पहिरो पीडितहरुलाई घरमै पुगेर राहत वितरण गरिएको छ । पाँचथर सेवा समाज दक्षिण कोरियाको टोली गाउँमै पुगेर पीडितका लागि राहत रकम बाँडेको हो ।

रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका पाँचथरका युवाहरुको अगुवाइमा संकलित रकम पीडितसामु पुर्‍याइएको हो ।
सेवा समाजका अध्यक्ष कुसुम बास्कोटा (एकल यात्री)को नेतृत्वमा गएको टोलीले फालेलुङ वडा नम्बर १, २ र ३ का पीडित परिवारलाई भेटेर राहत वितरण गर्‍यो । ‘ हामीले ६३ परिवारलाई भेटेर राहत वितरण गर्‍यौं ’ समाजका अध्यक्ष बाँस्कोटाले भने ‘पीडितको अवस्था अत्यन्त दयनीय छ सरकारी तवरबाट भएको सहयोग कमजोर भेटियो । ’

रोजगारीका क्रममा कोरिया पुगेका युवा मिलेर संकलन गरेको तीन लाख रकम पीडितलाई दिइएको हो । मृतकका परिवारलाई प्रति परिवार १० हजार र अन्यलाई मिलाएर तीन लाख रकम वितरण गरेको समाजका कोषाध्यक्ष युगल जबेगूले बताए ।
‘कती दिन राज्यलाई पर्खने ? जबेगुले भने ‘यही अवस्था कायम हुने हो भने पीडितले कहिलै राहत नपाउने भए ।’ आफुहरु बिदेशमा हुँदा आएका समाचारका आधारमा अवस्था चिन्ताजनक देखेपछि सहयोगका लागि तयारी थालिएको समाजका सचिव नरेन नेम्बाङले बताए ।

टोलीले फालेलुङ १ का २१ परिवार, ४ नम्बर वडाका ४ परिवार र ३ नम्बर वडाका ३८ परिवाका लागि रातह रकम प्रदान गरेका हुन । स्थानीय जन प्रतिनिधि, सामाजिक ब्यक्तित्व लगायतको सिफारिसको आधारमा राहत दिइएको हो । फालेलुङ गाउँपालिकाका दुई वडाका करिव ४१ परिवार पहिरोको प्रत्यक्ष मारमा छन । बाँकीको पनि घरमा बस्न नसकिने अवस्था सम्मको क्षति भएको छ ।  वडा नम्बर ३ र ४ मा पुरै गाउँ पहिरोको जोखिममा छ । मुख्य गरेर माङलेबुङ, खोलाघारी र ताङलेपा गाउँका एक सय १३ परिवार अहिले पनि जोखिममा छन ।