राजपा महासचिव त्यागेका सांसद राय कांग्रेसबाट उम्मेदवार सिफारिस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जनार्जन खत्री , सर्लाही, २८ असोज   |   असोज २७, २०७४

कांग्रेस सर्लाहीले सांसद जंगिलाल रायलाई प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ । नेतृत्वसँग असन्तुष्ट भई स्थानीय तह निर्वाचनको मुखमै राजपा नेपालको महासचिव पद त्यागेका सांसद रायलाई सर्लाही क्षेत्र नम्वर २ बाट कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो ।

स्थानीय तह निर्वाचनमा आफ्नो गृह नगर कविलासी नगरपालिकामा आफू नजिकका व्यक्तिलाई टिकट नदिएको भन्दै सांसद रायले राजपा नेपाल परित्याग गरेका थिए । त्यसपछि एमालेसँग नजिकिएका सांसद रायकै निकट मानिने विनय कुमार कर्णलाई सो पार्टीले कविलासी नगरपालिकामा टिकट दिएपनि उनले जित्न सकेनन् । आफ्ना निकट व्यक्तिले पराजय बेहोरेपछि सांसद राय कांग्रेससँग नजिकिएका हुन् ।


उनी स्थानीय तह निर्वाचन ताका नै कांग्रेसमा प्रवेश गर्न खोजेपनि कांग्रेसले उनले भने अनुसार उनका मान्छेलाई टिकट दिन सकेन । २ नम्वर क्षेत्रबाट कांग्रेसले प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सांसद राय एक्लैको नाम सिफारिस गरेको छ । राय २०७० को संविधान सभा निर्वाचनमा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्लाही क्षेत्र नम्वर ५ बाट विजय भएका थिए ।

कांग्रेसले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेपनि नाम गोप्य राखिएको जिल्ला सभापति सभापति नागेन्द्र रायले बताए । जिल्ला कार्य समितिको बैठक बसेर प्रत्येक क्षेत्रबाट प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरिएको रायले जानकारी दिए ।