के हो बाथज्वरो ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. अरुणकुमार सिंह बालरोग विशेषज्ञ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान   |   असोज २७, २०७४

बाथज्वरो अति गरिब राष्ट्रहरूमा बढी देखिने रोग हो । नेपालजस्ता अति कम आयस्रोत र अस्वस्थ वातावरणमा बसोवास गर्ने बालबालिका यस रोगबाट बढी पीडित हुन्छन् । बाथज्वरो रोगको उपचार समयमै नभए मुटुका भल्भ खराब भई मुटु बिग्रिने भएकाले रोगबाट बच्न विशेष सतर्कता अपनाउनुपर्छ । बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्नेलगायतका समस्या हुन्छ । स्टेपटोकक्स बेटा हेमोलाइटिकस नामक ब्याक्टेरियाले गर्दा यो रोग देखिन्छ । बाथज्वरो भएका बिरामीमा मुख्यतः घाँटी दुख्ने र ज्वरो आउने, ज्वरोसहित जोर्नीहरू दुख्ने र सुन्निने, ज्वरोसहित मुटु दुख्नेजस्ता समस्या देखिन्छन् । सामान्यतया स्टेप थ्रोटको सही उपचार हुन सकेन भने यो रोगको विकास हुन्छ ।

कुन उमेर समूहमा  बढी हुन्छ ?
ल खासगरी यो समस्या ५ देखि १५ वर्षभित्रका बालबालिकामा बढी देखिन्छ । बाथज्वरो २४ वर्षभन्दा माथिको उमेरमा ज्यादै कम मात्रामा भएको पाइन्छ । बाथज्वरो पुरुषभन्दा महिलामा बढी हुने गर्छ ।

लक्षण
 केही दिन घाँटी दुख्ने ।
 ज्वरो बढ्दै गई १०३ देखि १०५ डिग्री फरेनहाइटसम्म हुने । ज्वरो तीन हप्तासम्म आउँछ भने कहिलेकाहीँ तीन महिनासम्म पनि आउन सक्छ ।
 शरीरमा पसिना अधिक मात्रामा आउनु । पसिना आए पनि ज्वरो नघट्नु । नाडीको गति तीव्र हुनु ।
 नाडी, कुहिना, घुँडाजस्ता ठूला जोर्नीहरू बढी दुख्नु ।
 जोर्नीहरू सुन्निनु । ज्वरो आउँदा दुखेको वा सुन्निएको पहिलो जोर्नीपछि दोस्रो जोर्नी दुखेमा पहिलो जोर्नीको दुखाइ
कम हुन्छ ।
 बाथज्वरोको अवस्था खराब भएमा शरीरमा डल्ला गाँठाहरू देखिन्छन् । गाँठा एक सोन्टिमिटरदेखि डेढ सेन्टिमिटरसम्मका हुन्छन् ।
 छालामुनिका हाडहरू जस्तै– टाउकोपछाडिको भाग, कुमपछाडि, ढाड, हात–खुट्टाको अघिल्लो भागको हाडमा यस्ता गिर्खा भेटिन्छन् ।
 कम्मरको छेउको भाग र नितम्बतिर रातो चक्काजस्तो देखिनु ।
 कहिलेकाहीँ ज्रिबो, हात–खुट्टा आफैँ चलिरहन्छन् । यसलाई युमाटिक कोरिया भनिन्छ ।

असर के हो ?
 बाथज्वरोले मुटुका तीन तह पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु  दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर  जाने गर्छ ।

सावधानी
 वातावरण स्वस्थ बनाउनुका साथै खासगरी बालबालिकाका लागि पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्छ । घाँटी दुख्ने, हल्का ज्वरो आउने, जोर्नीहरू दुख्नेजस्ता समस्या आउँदा वेलैमा उपचार गर्नुपर्छ । यति मात्र गर्न सकेमा पनि बालबालिकालाई मुटुको बाथरोगबाट धेरै हदसम्म बचाउन सकिन्छ ।
 बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ । रक्तपरीक्षणमा सेता रक्तकोषको संख्या निकै बढी देखिन्छ । मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इलेक्ट्रोग्राफी र इलेक्ट्रोग्राम गर्नुपर्छ ।