के तपाई स्वस्थ शरिरको चाहना गर्नुहुन्छ ? त्यसो भए खानपानमा ध्यान दिनुस् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. अरुणा उप्रेती जनस्वास्थ्य विशषज्ञ   |   असोज २७, २०७४

हामीले खानेकुरा खाँदा होसियारी अपनाउन सकेनौँ भने विभिन्न रोग लाग्न सक्छ । स्वस्थ हुनका लागि ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेकै हाम्रो खान्की हो । खानेकुरा मात्राअनुसार खानुपर्छ । खानाको मात्रा र ताजा, सफा खाना भएन भने हामी रोगी हुन्छौँ । त्यसैले स्वस्थ शरीरका लागि स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।

खाना खाँदा तौल र हाइटअनुसार खाने गर्नुपर्दछ । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ भने थोरै शारीरिक श्रम गर्ने मानिसले थोरै खाना खानुपर्छ । मान्छेको शरीरलाई प्रोटिन चाहिन्छ । हुर्कंदै गरेको बच्चालाई प्रोटिन धेरै चाहिन्छ । वयस्कलाई प्रोटिन कम भए पनि हुन्छ ।


 हामीले खानामा हरियो सागपात, गेडागुडी, फलफूल र हरियो खानेकुरा बढी मात्रामा खाने गर्नुपर्छ ।

 दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी खानु शरीरका लागि राम्रो हुन्छ । एकैपटक धेरै पानी खाँदा किड्नीमा असर गर्न सक्छ ।

 हामीले खानेकुरा थोरै–थोरै गरी दिनमा ४–५ पटकसम्म खानुपर्छ । बेलुकाको खाना सकेसम्म कम मात्रामा खानुपर्छ । राति धेरै खाना खाँदा खाना नपच्ने, मोटोपनलगायतका समस्या देखिन सक्छ ।

 खानामा कार्बोहाइड्रेड, भिटामिन, मिनरल्स, प्रोटिन सबै मिलाएर खानुपर्दछ ।

 बदाम, चिप्स, मिठाइ, तारेको खानेकुरा खाने प्रचलन बढी हुन्छ । यस्ता खानेकुराले पेट नभरिने र अस्वस्थ हुने डर हुन्छ ।त्यसैले खाजा खाँदा हरियो सागपातबाट बनेका खानेकुरा, गाँजर, मुला, फलफुल खानुपर्छ ।

 शाकाहारी खानामा बढी ध्यान दिनुपर्छ । मिठाई घरमै बनाउने, हलुवा, पुरी घरमै बनाएर खाँदा राम्रो हुन्छ ।

 बारम्बार तताएको तेलमा तारेको खानेकुरा खानु हुन्न । यसले क्यान्सर हुने सम्भावना उत्तिकै हुन्छ ।