जुम्लामा चार हजार बढि नयाँ मतदाता थपिए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मानदत्त रावल, जुम्ला २७ असोज   |   असोज २७, २०७४

आगामी मंसिर १० र २१ गते तोकिएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी संकलन गरिएको मतदाता नामावलीमा झण्डै चार हजार बढि नयाँ मतदाता थपिएका छन् । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन पछि गरिएको मतदाता नामावली संकलनबाट जुम्लाका ४ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन् ।

साउन ३१ गते देखि १५ गतेसम्म जिल्लामा र साउन १६ गते देखि भदौ ३ गतेसम्म गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणको चुनाव अन्तरर्गत २०७४ वैशाख ३१ गते सम्पन्न चुनावमा जुम्लाका ५४ हजार ६ सय ९४ मतदाता रहेकाक थिए भने आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जम्मा ५९ हजार ५८ जना मतदाताले जुम्लाबाट मतदान गर्ने भएका छन् । पहिलाको ५४ हजार ६ सय ९४ र पछिल्लोे ४ हजार ३ सय ६४ नयाँ मतदाता गरी जम्मा ५९ हजार ५८ पुगेको जिल्ला जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले बताए । उनका अनुसार आगामी प्रदेश र संघको निर्वाचनमा जुम्लाको निर्वाचन क्षेत्र १ बाट ३१ हजार ७ सय १४ जना र निर्वाचन क्षेत्र २ सिंजा भेगबाट २७ हजार ३ सय ४४ जनाले मतदान गर्ने छन् ।

स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा प्रयोजनका लागि साउन महिना भरी गरेको फोटो सहितको नयाँ मतदाता नामावली संकलन तथा पुरानो मतदाता नामावली अद्यावधिकका क्रममा चार हजार बढि मतदाता थपिएका हुन् । कार्यालयका अनुसार जुम्लाका ७ वटा स्थानिय तह मध्ये सवै भन्दा बढि पातारासी गाउँपालिकामा ६ सय १६ नयाँ मतदाता थपिएका छन् । सवै भन्दा कम तातोपानी गाउँपालिकामा २ सय ४७ जना मात्र मात्र नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पातारासी गाउँपालिकाको पहिलेको मतदाता संख्या ६ हजार ९ सय ७२ थियो भने पछिल्लो नयाँ मतदाता गरी त्यहाँ को जम्मा ७ हजार ५ सय ८८ मतदाता संख्या पुगेको बताइएको छ भने सबै भन्दा कम मतदाता संख्या थपिएको तातोपनी गाउँपालिकाको थपिएका हुन् ।

प्रादेशिक र प्रतिनिधि सभाका लागि जिल्लामा र स्थानीय तहमा गरिएको मतदाता नामावली संकलनमा जिल्ला निर्वाचन कार्यालयबाट १७ सय ९६ जना र गाउँपालिकाबाट २८ सय ५५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अभिनन्द चौलागार्इँले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार संघ र प्रदेश सभाको निर्वाचन जुम्लामा गरिएको मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता रहेका थियो । मंसिर १० र २१ मा हुने निर्वाचनलाई शान्त तथा मर्यादित रुपमा सम्पन्न गराउन सबै निकायले हातेमालो गर्न समेत निर्वाचन कार्यालयले अपिल गरेको छ ।