तेह्रथुममा गाउँपालिकालाई निःशुल्क जग्गा दिन होडबाजी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रकाश धौलाकोटी, तेह्रथुम, २७ असोज   |   असोज २७, २०७४

तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीहरुबाट आवेदन माग गरेको थियो ।


गाउँपालिकाको भवन निर्माणसँगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीहरुबीच होडबाजी चलेको हो । गाउँपालिकालाई छ रोपनीदेखि ३१ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउछु भन्दै छ वटा निवेदन परेको छ । बजार नजिकको ३१ आफ्नो ३१ रोपनी जमीन गाउँपालिकालाई उपलब्ध गराउने भन्दै स्थानीय रमेश सिटौलाले आवेदन गरेका छन् ।

यस्तै गोपाल गुरुङ, कोषराज प्याकुरेल, तुलसा सिटौला, महेन्द्र विमली र झुमनाथ काफ्लेले पनि छ–छ रोपनी जमीन दिने आवेदनमार्फत बताएको गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चौलागाईले बताए । वरिपरि सरकारी जग्गा नरहेको जग्गामध्ये बजार विस्तारका लागि उपयुक्त हुने जग्गा छनौट गरी लिइने सामान्य मापदण्ड तयार भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।

‘गाउँपालिकालाई एउटामात्रै जग्गा चाहिएको हो,’ उनले भने, ‘छ जना जग्गाधनीले आवेदन गर्नुभएको छ, हामी एउटा आधार तय गरेर उहाँहरुको जग्गा लिन्छौँ ।’ गाउँपालिकाले कम्तिमा छ रोपनी जग्गा उपलब्ध गाराइनुपर्ने शर्त राखेको छ । तर, गाउँपालिकाको पहिलो सभाले जग्गा अधिग्रहणका सम्बन्धमा निर्णय लिएपछि मात्रै जग्गा लिने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । गाउँपालिकाको कार्यालय सन्चालनका लागि अहिले आफ्नै भवन नहुँदा घर भाडामा लिएर कार्यालय सन्चालन भइरहेको छ । साँघुरा कोठामा कार्यालयको कार्यसम्पादन गर्नुपर्दा समस्या हुनेगरेको कर्मचारीहरु बताउँछन् ।  गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि यसअघि नै सरकारले छ करोड रुपैयाँ बजेट उपलब्ध गराउने जनाइसकेको छ । जग्गा लिएपछि यही वर्षबाट भवन निर्माणको काम पनि सुरु गरिने अध्यक्ष लिम्बुले बताए ।