टिकट हात पार्न दलका उम्मेदवार राजधानीमा केन्द्रित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हरिप्रसाद शर्मा, बागलुङ, २६ असोज   |   असोज २७, २०७४

आगामी प्रतिनिधी र प्रदेश निर्वाचनका लागि उम्मेदवारको सिफारिसमा परेका बागलुङका अधिकांश दलका नेताहरु अहिले राजधानी केन्द्रित हुन थालेका छन् । जिल्ला कमिटीबाट सिफारीस भएर आएका दलका उम्मेदवारहरु टिकट आफ्नो हात पार्न भन्दै राजधानी हानिएका हुन । जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नामावली केन्द्रमा पठाएपछि निर्वाचनमा टिकट आफ्नो पक्षमा पार्न लभिङ गरिरहेका छन् ।

जिल्लाबाट प्रतिनिधी र प्रदेश सदस्यमा उम्मेदवार सिफारिसमा परेका दलका नेताहरु आफु निकट मन्त्री, नेता र कार्यकर्ता भेट्न भ्याइनभ्याइ छ । दलनिकट स्रोतका अनुसार व्यक्तिगत वा सामुहिक रुपमा भेट्ने क्रमलाई नेताहरुले तीव्रता दिएका छन् । ‘निर्वाचन नजिकिएका बेला टिकटकै हानथाप हुन्छ सबैलाई । सिफारीस भएर आएपछि केन्द्रिय नेता र मन्त्रिसँग भेटघाट त भइहाल्छ नी ’ एक नेताले बताए । मंसिर १० र २१ गते हुने प्रतिनिधी र प्रतिनिधी सभाको निर्वाचनका लागि खासगरी प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र गरी मुख्य दलका नेताहरु राजधानी गएका हुन् । जिल्लाबाट उम्मेदवार सिफारीस भएसँगै नेताहरु राजधानी जाने क्रम बढेको देखिन्छ ।


कांग्रेसका केन्द्रिय सदस्य एवं सांसदहरु रत्ना शेरचन, सांसद प्रकाश शर्मा पौडेल, ज्ञानकुमारी छन्त्याल, राज्यमन्त्री चम्पादेवी खड्का, पूर्व सासंदहरु नरबहादुर पुन ‘निरज’ राजधानीमा सक्रिय देखिन्छन । त्यस्तै पूर्व सांसद टंकप्रसाद कँडेल,पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा कँडेल, नेपाल महिला संघकी केन्द्रिय सदस्य पार्वती आचार्य, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतम, नेताहरु ओमकार थापा, जगदीशचन्द्र उपाध्याय, नेविसंघ सह—महामन्त्री हरिहर शर्मा, नेताहरु सिताराम रसाइली, गण्डकी थापा अधिकारी, लगायत नेपाली कांग्रेसबाट उम्मेदवार सिफारीसमा परेका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, दलका प्रतिनिधीहरु राजधानी पुगेका छन् ।

त्यस्तै एमालेका तर्फबाट जिल्लामा कुन उम्मेदवारलाई प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवारी बनाउने भन्ने निर्णय हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुङ्ग्याउने गरि पठाएको सचिव थापाले बताए । एमाले बागलुङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस गरि केन्द्रमा पठाएको छ । एमालेबाट वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी ,पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, अध्यक्ष इन्द्रलाल सापकोटा, नेताहरु हिरा बहादुर केसी, सुर्य पाठक ममता देवी शर्मा, गिता शर्मा, शान्ति अधिकारी र सावित्रा राना, लगायत अन्य सिफारीसमा परेका उम्मेदवारहरु राजधानी पुगेका छन ।

जिल्लाको मुख्य दल राष्ट्रिय जनमोर्चाले निर्वाचनमा एक्लै जान्छ वा एमाले र कांग्रेस गठबन्धनसँग तालमेल गरी जान्छ भन्ने विषय चासोका साथ हेरिएको छ । एमाले निकट एक नेताका अनुसार अहिले केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा लगायत अन्य दलहरुसँग त्रिपक्षीय वाम गठबन्धन गरेर जाने विषयमा सकारात्मक छलफल भएको बताएका छन् । एमालेले वाम गठबन्धकै पहल गरिरहेको छ । महत्वपूर्ण शक्ति राजमो कुन दलसँग गठबन्धन गरेर निर्वाचनमा जान्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ ।