उम्मेदवार छनोटमा जुम्ला माओवादीभित्र चर्काे विवाद, पोलिटब्युरो सदस्य भण्डारी यसरी कड्किए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मानदत्त रावल, जुम्ला, २७ असोज   |   असोज २७, २०७४

आगामी मंसिरमा हुन लागेको संघ र प्रदेश सभाका लागि उम्मेदवार छनोटका विषयमा माओवादी केन्द्र जुम्लामा राजनीतिक विवाद चुलिदै गएको छ । पार्टी संयोजक विरबहादुर कुवँरले संघ र प्रदेश सभाका लागि माओवादी केन्द्रको ६ नम्बर प्रदेश कार्यालय सुर्खेतमा सिफरिस गरी पठाएपछि पार्टी कार्यकर्ता बीच राजनीतिक विवाद चुलिदै गएको हो ।

संघको प्रत्यक्षतर्फ गजेन्द्रबहादुर महत र समानुपातिकतर्फ मुनबहादुर बुढा सहित ७ जनाको नाम सिफारिस गएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष तर्फ विरबहादुर कुवँर र नरेश भण्डारी सहित ७ जनाको सिफारिस गएको छ भने समानुपातिक तर्फ गोमा कुवँर सहित १० जनाएको नाम प्रादेशिक कार्यालय सुर्खेतमा सिफारिस गरी पठाएको पार्टी संयोजक विरबहादुर कुवँरले बताए ।


निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष उम्मेदवारका लागि नवप्रवेशी कार्यकर्ता पुर्णप्रसाद धिताललाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ लक्ष्मीकन्या बुढा सहित १२ जनाको नाम सिफारिस गरिएको छ । संघ र प्रदेशका लागि नाम सिफारिस गरी पठाएको नामावली सार्वजनिक भएपछि पार्टी इन्र्चाज नवराज न्यौपानेले नेता तथा कार्यकर्ता बीच छलफल र सहमति विना नै रिफारिस गएको एकल निर्णयलाई मान्य नहुने भन्दै प्रेस विज्ञप्ती जारी गरे ।

पार्टी पोलिटव्यूरो सदस्य बीच असोज २४ गते केन्द्र कार्यालयमा औपचारिक बैठकले विस्तृत छलफल र सहमतिका लागि जिल्ला इन्र्चाज र संयोजकले उम्मेदवारका नामावली तयार गरी पुन पोलिटव्यूरो सदस्य बीच पुन छलफल मार्फत उम्मेदवारको नामावली टुंगो लगाउने निर्णय भएको थियो । तर, त्यसो नभई संयोजक कुवँरको एकल निर्णय पार्टीलाई मान्य नहुने इन्र्चाज न्यौपानेले बताए ।

यस्ता भ्रामक झुटा अराजक शैलीबाट एकल हिसावले प्रदेश कार्यालयमा पेश गरी नामावली सार्वजनिक गरेको घटनाले स्तव्ध बनाएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता प्रवृति निरुत्साहित गर्न र जनताका मर्म, भावना र संगठनको स्थापित पद्धतिलाई मिच्नेलाई कारबाहीको उनले माग गरेका छन् । पुर्व सभासद तथा पोलिटव्यूरो सदस्य नरेश भण्डारीले देश र जनताको भविश्य फैसला गर्ने जनप्रतिनिधिहरुको चयन गर्न जिल्ला कमिटिको बैठक नचाहिने ? यो सार्वजनिक भ्रमिक नामावलीमा विचलित नहुन विवेकशिल कार्यकता र जनतामा अपिल गरेका छन् ।