राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनक : संसदीय समितिको तीव्र असन्तुष्टि - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

जीवन बस्नेत/नयाँ पत्रिका

राष्ट्रिय गौरवका आयोजनाको प्रगति नभएको भन्दै संसद्को विकास समितिले तीव्र असन्तुष्टि जनाएको छ । काठमाडांै—निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर—दक्षिण जोड्ने कोसी, कालीगण्डकी र कर्णाली राजमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, पोखरा विमानस्थल र भैरहवा विमानस्थललगायतको काम अति नै ढिलो भएको निष्कर्ष समितिले निकालेको छ । बिहीबार समितिको १ सय ४०औँ (यो कार्यकालको अन्तिम) बैठकमा अधिकांश सांसदले गौरवका आयोजनाको प्रगति कछुवा गतिमा रहेको बताए । देशमा भौतिक पूर्वाधारको जे–जति विकास भएको छ, त्यो सरकारको सामथ्र्यभन्दा धेरै न्यून रहेको समितिको भनाइ छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको कार्य प्रगति हेर्दा ३० वर्षको अवधिमा औसतमा ५० प्रतिशत काम हुन सक्ने गतिबाट मात्र काम भएको देखिन्छ,’ विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने । विनियोजित पुँजीगत खर्च पनि ७० प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

‘गौरवका आयोजनाबाहेक मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्य, ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिलगायतका महत्वपूर्ण भौतिक पूर्वाधारहरूको निर्माण कार्यमा समेत अति सुस्तता देखियो,’ अधिकारीले भने । समितिले तत्काल कमजोरीहरू हटाई तीव्र गतिमा कार्य सम्पादन गर्न गराउन, सम्बन्धित निकायहरूबीच आपसी समन्वयसहित जिम्मेवारीप्रति केन्द्रित भई उत्तरदायित्व निर्वाह गर्न, साधन र स्रोतको अभाव हुन नदिन सरकारका सम्बन्धित निकायहरूलाई निर्देश गरेको छ । साथै उत्तरदायित्व बहन नगर्ने जिम्मेवारी पदाधिकारीलाई तत्काल कारबाहीको दायरामा ल्याउनसमेत समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । राष्ट्रिय योजना आयोग सदस्य प्रा. हिरेन्द्रमान प्रधानले भने समुन्नत नेपाल निर्माणका लागि राष्ट्रिय गौरवका आयोजनाहरूको द्रुत निर्माण अति जरुरी रहेको बताए ।

मेलम्ची चैतसम्म सम्पन्न गर्न निर्देशन

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अहिलेसम्म चारपटक सरेकोमा पनि समितिले असन्तुष्टि जनाएको छ । उक्त आयोजना कहिले पूर्ण रूपमा सम्पन्न हुने हो यथार्थपरक जानकारी सार्वजनिक गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोजनालाई जसरी पनि यही ०७४ भित्र सम्पन्न गरी पानी वितरण गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

१ वर्षभित्र स्याटेलाइट सिटीको तयारी पूरा गर्न समितिको निर्देशन

काठमाडाैँ बस्ती व्यवस्थापनका लागि विकास गरिने भनिएको ४ वटा स्याटेलाइट सिटीहरूको आधारभूत कार्य (जग्गा प्राप्ति, नक्सांकन तथा उपलब्ध गराउनुपर्ने सेवासुविधाहरूसहितको विस्तृत आयोजना प्रतिवेदन १ वर्षभित्र अनिवार्य रूपमा तयार गरी कार्यान्वयनमा लैजान समितिले सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्र शर्माले पनि उक्त कार्य निर्देशन दिएअनुसार नै पूरा हुने प्रतिबद्धता जनाए ।

समितिले संघीयतामा योजना आयोगको भूमिका, प्रभावकारिता एवं उपादेयताको औचित्यतामाथि प्रश्न उठेको समितिका सभापति अधिकारीले बताए । संघीय प्रणालीमा राष्ट्रिय योजना आयोगको संरचना कस्तो हुने, यसको विद्यमान संरचनामा परिवर्तन गर्ने तथा कार्यक्षेत्र एवं क्षेत्राधिकारमा सुधार र परिमार्जन गर्ने सम्बन्धमा यथाशीघ्र निष्कर्षमा पुग्न समितिले सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले डोलिडारअन्तर्गत बन्ने पुल तथा सडकहरूको विस्तारले गति लिइरहेको भए तापनि गुणस्तरीय एवं प्राविधिक रूपमा सबल संरचनाहरूको निर्माण कार्यले भने प्राथमिकता नपाएको समितिको ठहर छ । ‘स्थानीय तहमा बन्ने त्यस्ता भौतिक पूर्वाधारका संरचनाहरूमा बारम्बार स्तरोन्नतिका लागि लगानी गर्नुपर्ने अवस्थाले विकासमा विविधीकरण हुनसमेत सकेको देखिँदैन’ सभापति अधिकारीले भने । समितिले स्थानीय स्तरमा हुने भौतिक पूर्वाधारसम्बन्धी विकास कार्यलाई समग्रतामा गर्न र पूर्णता दिने गरी कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको छ ।