सार्वजनिक संस्थानलाई महालेखाको ताकेता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

अच्युत पुरी/नयाँ पत्रिका

लेखापरीक्षण गर्ने अल्टिमेटम सकिँदा पनि ठोस प्रगति भएन

महालेखा परीक्षकको कार्यालयले लामो समयसम्म बक्यौता रहेको लेखापरीक्षण भदौ मसान्तभित्र सम्पन्न गर्न सार्वजनिक संस्थानहरूलाई दिएको निर्देशन अझै पालना भएको छैन । टंकमणि शर्मा महालेखा परीक्षकमा नियुक्त भएसँगै बक्यौता रहेको लेखापरीक्षण भदौभित्र सकाउन उनले निर्देशन दिएका थिए । तर, यस अवधिमा सार्वजनिक संस्थानहरूबाट लेखापरीक्षण भइरहेको जानकारी गराए पनि ठोस प्रगति भने नदेखिएको समयावधि सकिएलगत्तै कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कार्यालयका अनुसार महालेखाको निर्देशनपछि धेरै सार्वजनिक संस्थानहरूमा अत्यन्त पुरानो मितिदेखिको लेखापरीक्षण गर्ने काम सुरु भएको छ । तर, वित्तीय विवरण प्रमाणित गरी प्रतिवेदन बुझाउने काम भने हुन सकेको छैन । कतिपय सार्वजनिक संस्थानले लेखापरीक्षक नियुक्त गरी काम सुरु गरेका छन्, केहीले महालेखा परीक्षकको कार्यालयबाट टोली खटाएर लेखापरीक्षण भइरहेको र कतिपय संस्थानले भने अटेरी गरी लेखापरीक्षकलाई प्रतिवेदन नै उपलब्ध नगराएको कार्यालयले उल्लेख गरेको छ ।

निरन्तर ताकेता

महालेखा परीक्षकको कार्यालयका अनुसार समयमै लेखापरीक्षण नगराउने सार्वजनिक संस्थानहरूलाई निरन्तर ताकेता गर्ने काम अहिले पनि जारी छ । अल्टिमेटम सकिएपछि पनि संस्थान तथा कार्यालय प्रमुखहरूलाई सचेत गराउने र घचघच्याउने काम भइरहेको कार्यालयका अशोककुमार कार्कीले बताए । उनका अनुसार अल्टिमेटम सकिएपछि पनि कतिपय संस्थान र कम्पनीको थप प्रगति प्राप्त हुने क्रम जारी छ । लामो समयसम्म लेखापरीक्षण नगरी वित्तीय अनुशासन कायम राख्न चुकेका कार्यालयमाथि खारेजीदेखि नेतृत्व गरिरहेका अधिकारीलाई कारबाहीसम्म गर्न सकिने महालेखापरीक्षक टंकमणि शर्माले यसअघि सार्वजनिक गरेका थिए । कानुनअनुसार आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र लेखापरीक्षण गरिसक्नुपर्छ । यसरी लेखापरीक्षण नगर्ने तथा स्पष्टीकरणमा समेत अटेर गर्ने कार्यालय प्रमुखहरूमाथि कारबाही प्रारम्भ गर्ने उनको प्रतिबद्धता थियो ।

अल्टिमेटम सकिनासाथ कुन संस्थानको प्रगति के थियो ?

गुठी संस्थान

आव ०५१/५२ देखि ०६९/७० सम्मको लेखापरीक्षण सम्पन्न भए पनि वित्तीय विवरण प्रमाणित गरी प्रारम्भिक प्रतिवेदनको जवाफ नआएको, त्यसयताका आवको वित्तीय विवरण स्वीकृति भएको जानकारी आए पनि महालेखा कार्यालयमा जानकारी आएको छैन ।

राष्ट्रिय बिमा संस्थान

आव ०६६/६७ देखि ०६८/६९ सम्मको वित्तीय विवरण प्रमाणित भई प्रारम्भिक प्रतिवेदनको जवाफ आउन बाँकी छ । त्यसपछि आव ०७१/७२ सम्मको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त भएको र आव ०७२/७३ को वित्तीय विवरण तयारीका क्रममा छ ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेड

आव ०६६/६७ देखि ०६८/६९ सम्मको प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी, आव ०६९/७० पछिको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त भई लेखापरीक्षण गर्ने कार्ययोजना बनाएको छ ।

नेपाल पर्यटन बोर्ड

आव ०६९/७० को वित्तीय विवरण प्रमाणित गरी प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी, त्यसपछिका आवको लेखापरीक्षणका लागि महालेखाबाटै टोली खटिएको छ ।

नेपाल खानेपानी संस्थान

आव ०६९/७० देखि ०७०/७१ सम्मको लेखापरीक्षण गर्न नियुक्त लेखापरीक्षकलाई संस्थानले वित्तीय विवरण एवं स्रेस्ता पेस गरी लेखापरीक्षण नगराएको, अहिले लेखापरीक्षकले राजीनामा दिएकाले त्यसपछिको आवको लेखापरीक्षणको काम पनि प्रभावित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण

०७०/७१ देखिको लेखापरीक्षण कार्य सम्पन्न, वित्तीय विवरण प्रमाणित गरी महालेखामा पेस हुन बाँकी छ ।

नेपाल खाद्य संस्थान

आव ०६७/६८ देखि ०७०/७१ सम्मको वित्तीय विवरण पारित गरी प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको र त्यसपछिका आवको वित्तीय विवरण तयारी चरणमा रहेको भने पनि लेखापरीक्षण गराएको छैन ।

जनक शिक्षा सामग्री लिमिटेड

आव ०७१/७२ को वित्तीय विवरण पारित भई प्रारम्भिक प्रतिवेदनको जवाफ आउन बाँकी, आव ०७२/७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षण गर्न पेस भएको छ ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड

आव ०६६/६७ देखि ०६८/६९ सम्मको लेखापरीक्षण सम्पन्न, त्यसपछिका आवको वित्तीय विवरण पारित भई प्रारम्भिक प्रतिवेदनको जवाफ आउन बाँकी छ ।

नेपाल औषधि लिमिटेड, नागरिक लगानी कोष, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय आवास कम्पनी लिमिटेड र सांस्कृतिक संस्थान
आव ०७२/७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको प्रतिउत्तर आउन बाँकी छ ।

गोरखापत्र संस्थान र नेसनल ट्रेडिङ लिमिटेड

आव ०७१/७२ देखिको वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनको जवाफ आउन बाँकी छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी

आव ०६६/६७ देखि ०६८/६९ सम्मको लेखापरीक्षण कार्य अन्तिम चरणमा, त्यसयताको वित्तीय विवरण पारित भई प्रारम्भिक प्रतिवेदनको जवाफ पेस हुन बाँकी छ ।

जनकपुर चुरोट कारखाना लिमिटेड

आव ०७१/७२ यता दुई आवको लेखापरीक्षण बाँकी रहेकोमा वित्तीय विवरण तयार गरी लेखापरीक्षण गराउन बाँकी छ ।

त्रिभुवन विश्वविद्यालय

विगत लामो समयदेखि लेखापरीक्षण नगराएकोमा अहिले लेखापरीक्षक खटाई लेखापरीक्षण भइरहेको छ ।
खारेज र बन्द भइसकेका निम्न कम्पनीको लेखापरीक्षण बाँकी छ

– सूर्ती विकास कम्पनी : आव ०६९/७० देखि ४ वर्षको बाँकी

– कृषि औजार कारखाना लिमिटेड : आव ०५८/५९ देखि १५ वर्षको बाँकी

– हेटौँडा कपडा उद्योग लिमिटेड : आव ०७१/७२ देखि दुई वर्षको बाँकी

– नेसनल कन्स्ट्रक्सन कम्पनी लिमिटेड : आव ०६९/७० देखि ४ वर्षको बाँकी