एनआरएनए अध्यक्षमा घलेको उम्मेदवारी घोषणा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

अस्ट्रेलियाको धनाढ्य सूचीमा परेकी जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् । एनआरएनएको मुख्य स्केटहोल्डरहरूको विश्वास र अपेक्षालाई निरन्तरता दिन भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिने उनले घोषणा गरेकी हुन् ।

काठमाडौंमा शनिबारदेखि एनआरएनएको आठौँ विश्व सम्मेलन एवं महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनले सन् २०१७–०१९ का लागि नयाँ कार्यसमिति चयनको निर्वाचन गर्नेछ । हाल एनआरएनए आइसिसी सदस्य रहेकी घलेले अन्तिम समयमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । अध्यक्ष पदका लागि यसअघि नै भवन भट्ट र टिबी कार्कीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । चार वर्षदेखि प्रत्यक्ष रूपमा एनआरएनएमा सक्रिय गुरुङ एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।

‘विश्वभरिबाट आउनुभएका एनआरएनए डेलिगेट्सहरूको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्केटहोल्डरहरूको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने भएकाले मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुँ,’ उनले भनिन्, ‘व्यवसाय वा समाजसेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिलेसम्म पनि त्यही गरिरहेकी छु । अतः मेरो उम्मेदवारीलाई संकीर्ण आँखाले नहेरी नारीले संस्थाको नेतृत्वमा देखाएको सकारात्मक पहलका रूपमा हेरिदिनुहुन अनुरोध गर्छु ।’

उम्मेदवारीका ११ कारण, ४ प्रेरणा

गुरुङले आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुका ११ कारण र ४ प्रेरणासमेत सुनाएकी छिन् । गैरआवासीय नेपालीहरूको माग र अपेक्षालाई पूरा गर्न, मुख्य स्टेकहोल्डरहरूको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रूपमा स्थापित गर्न, संघलाई समयसापेक्ष परिवर्तन र विकास गर्दै सामूहिक नेतृत्वको अवधारणाअन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न तथा एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरूलाई समयसीमाभित्र सम्पन्न गराउनलगायत कारणले आफूले उम्मेदवारी घोषणा गरेको बताइन् ।

त्यस्तै, सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरूको सहयोग, संस्थाले सञ्चालन गरेका परियोजनाहरूमा फिल्डमा काम गर्दा अझै धेरै काम गर्नुपर्ने आवश्यकताको महसुस, यो अभियानमा महिला साथीहरूलाई अझै सहभागी बनाउनुपर्ने आवश्यकताको महसुस तथा प्राकृतिक विपद्हरू जस्तै, भूकम्प र नाकाबन्दीका समयमा फिल्डमा खटिएर काम गर्दाको अनुभव र संघर्षका कारण आफूलाई अध्यक्षमा उम्मेदवारी दिने प्रेरणा मिलेको उनले बताइन् ।