क्यालिफोर्निया डढेलोमा अझै ६ सय बेपत्ता, २३ को मृत्यु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, सान फ्रान्सिस्को   |   असोज २७, २०७४

अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ । डढेलोमा परेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । सो डढेलोमा अझै पनि ६ सयजना हराइरहेका छन् । आइतबार अंगुर फार्मबाट सल्केको डढेलो पछि सहर–बस्तीमा फैलिएको छ ।

क्यालिफोर्निया राज्यको ५० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ । डढेलो अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि झन्डै २ सय अग्निनियन्त्रक परिचालन गरिएको छ । डढेलोबाट क्यालिफोर्नियाको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । सो काउन्टीमा मात्र १७ जनाको ज्यान गएको छ । त्यसैगरी, सो क्षेत्रमा धेरै मानिस हराएका छन् ।

डढेलोका कारण हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । डढेलोका कारण प्रभावित २५ हजारलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको छ । पाँच हजारलाई विभिन्न अस्थायी शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन् ।

डढेलोका कारण अहिलेसम्म तीन हजार पाँच सयभन्दा बढी घर डढेर ध्वस्त भएका छन् । अरू पनि स्थानीय नागरिकका आधारभूत संरचनाहरू डढेर खरानी भएका छन् । आइतबारदेखि फैलिएको डढेलोलाई पूर्ण नियन्त्रणमा ल्याउन अझै केही दिन लाग्ने अधिकारीहरूले बताएका छन् ।