आरुसी–हेमराज हत्याकाण्ड ‘आमाबाबु निर्दोष’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, नयाँदिल्ली   |   असोज २७, २०७४

उत्तर प्रदेशको गाजियावादमा छोरी र नेपाली कामदारको हत्या अभियोगमा आजीवन कारावासको सजाय पाएका भारतीय दम्पती राजेश र नुपूर तलबार उच्च न्यायालयद्वारा निर्दोष ठहर

भारतमा भएको आरुसी–हेमराज हत्याकाण्डमा आरुसीका आमाबुवालाई त्यहाँको एउटा उच्च अदालतले निर्दोष ठहर गरेको छ । छोरी आरुसी र नेपाली घरेलु कामदार हेमराज बन्जाडे हत्या अभियोगमा आजीवन काराबासको सजाय भोगेका भारतीय दम्पती राजेश र नुपूर तलबारले सफाइ पाएका हुन् । अलाहावादको उच्च न्यायालयले बिहीबार तलबार दम्पतीलाई सफाइ दिएको हो । सन् २००८ को मे महिनामा तलबार दम्पतीकी छोरी र नेपाली घरेलु कामदार हेमराजको रहस्यम हत्या भएको थियो । बन्जाडे अर्घाखाँचीको धारापानीका बासिन्दा हुन् ।

फैसला उल्टियो

उनीहरूलाई निर्दोष साबित गर्दै उच्च न्यायालयले सन् २०१३ मा स्थानीय एक अदालतले गरेको फैसला उल्टाएको हो । छोरी र घरेलु कामदारको हत्या अभियोगमा चार वर्षअघि स्थानीय अदालतले तलबार दम्पतीलाई आजीवन कारावासको सजाय सुनाएको थियो । सन् २०१३ को नोभेम्बर २५ मा उत्तरप्रदेशको गाजियावादस्थित सिबिआईको विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो । त्यसयता उनीहरूले गाजियावादको एउटा जेलमा कैदीजीवन बिताइरहेका थिए । विशेष अदालतको फैसलाविरुद्ध सन् २०१४ को जनवरीमा तलबार दम्पती पुनरावेदन अदालत पुगेका थिए ।

कुख्यात घटना

सो दोहोरो हत्याकाण्डलाई लिएर एउटा पुस्तक प्रकाशन हुनुका साथै फिल्मसमेत बनेको छ । भारतीय सञ्चारकर्मी र अविरुक सेनले ‘आरुसी’ नामको एउटा पुस्तक लेखेका छन् । पुस्तकमा सिबिआईको जाँच प्रक्रियामाथि प्रश्न उठाइएको छ । यसअघि नोइडा प्रहरीले राजेश तलबारले नै छोरी र घरेलु कामदारलाई हत्या गरेको आरोप लगाएको थियो । छोरीलाई बेडमा कामदारसँग आपत्तिजनक अवस्थामा देखेपछि आक्रोशित बाबुले हत्या गरेको प्रहरीले जनाएको थियो । तर, सो दाबी पुष्टि गर्ने प्रमाण प्रहरीले जुटाउन सकेको थिएन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको आलोचना भएपछि सिबिआईले घटनाको अनुसन्धान गरेको थियो । तलबार दम्पतीले आफूहरूमाथि लागेको अभियोग अस्वीकार गर्दै आएका थिए । सञ्चारमाध्यमहरूले घटनालाई थप सनसनी बनाएर आफूहरूको आत्मसम्मानमा चोट पु¥याएको उनीहरूले गुनासो गरेका थिए ।

रहस्यमय हत्या

सन् २००८ को मे महिनामा १४औँ जन्मदिन मनाउने तयारीमा रहेकी आरुसीको शव आफ्नै बेडरुममा घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । त्यसपछि उत्तर प्रदेश प्रहरीले पहिले बाबु राजेश र पछि हेमराजमाथि शंका गरेको थियो । तर, दुई दिनपछि छिमेकीको घरको छतमा हेमराज पनि मृत अवस्थामा भेटिएका थिए । हत्याबारे गम्भीर अनुसन्धान नभएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि उत्तर प्रदेशका तत्कालीन मुख्यमन्त्री मायवतीले सन् २००८ को जुन १ मा सो मुद्दा सिबिआईको विशेष अदालतमा लैजान निर्देशन दिएकी थिइन् ।

तर, सो हत्याकाण्डबारे सिबिआई पनि विवादरहित हुन सकेन । दुई अलग सिबिआई समूह परस्परविरोधी निष्कर्षमा पुगेका थिए । अनुसन्धानपछि राजेश तलबारको वगैगामा काम गर्ने एकजना र छिमेकीको घरमा काम गर्ने दुई घरेलु कामदार पक्राउ परेका थिए । तर, उनीहरूमाथि कुनै मुद्दा नचलाई छाडिएको थियो । त्यसपछि सिबिआईले विद्यमान प्रमाणका आधारमा तलबार दम्पतीविरुद्ध मुद्दा चलाएको थियो । सुुनुवाइका क्रममा सो अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो । अदालतका न्यायाधीशहरूले तलबार दम्पतीले प्रमाण नष्ट गरेको जनाएको थियो । दोषी ठहर भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने बताएको थियो ।