यस्तो छ ट्रम्पको गाडी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २७, २०७४

शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपतिको रवाफ विश्वले जानेबुझेकै छ । अघिल्ला राष्ट्रपतिहरूको तुलनामा डोनाल्ड ट्रम्पको रवाफ अझ बेग्लै छ । आक्रामक र रिसालु स्वभावका ट्रम्पको जीवनशैली पनि आफ्नै ढंगको छ । उनले चढ्ने गाडीबारे मात्रै एउटा रोचक ‘स्टोरी’ तयार हुन्छ । नयाँ पत्रिकाका निर्वान झापालीले एजेन्सीहरूको सहयोगमा ट्रम्पको गाडीबारे तथ्य बटुलेका छन् :

संसारकै सबैभन्दा सुरक्षित गाडी मानिने क्याडिलाक वानको ढोका सैनिक ट्यांकमा प्रयोग गरिने स्तरको छ । यो सामान्यभन्दा दोब्बर बाक्लो स्टिल, आल्मुनियम, टाइटानियम र सेरामिकको मिश्रणबाट बनाएको हो । आठ इन्च बाक्लो यो गाडीको ढोकाको तौल बोइङ ७५७ हवाईजहाजको क्याबिन ढोकाबराबर छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने गाडी जनरल मोटर्स कम्पनीको उत्पादन हो । यो अमेरिकी कम्पनी हो । विश्वका प्रतिष्ठित ब्रान्डका गाडी यो कम्पनीले उत्पादन गर्ने गर्छ । ट्रम्प जनरल मोटर्सको सबैभन्दा प्रतिष्ठित ब्रान्ड क्याडिलाकको ‘क्याडिलाक वान’ चढ्छन् । यो गाडी ‘द बिस्ट’ को नामले बढी चर्चित छ । १.५ मिलियन डलर पर्ने यो गाडी अमेरिकी राष्ट्रपतिका लागि मात्रै भनेर ‘कस्टोमाइज’ गरी बनाइएको हो । सर्वसाधारणले यो गाडी किन्न पाउँदैनन् । सन् २००९ मा पूर्वराष्ट्रपति बाराक ओबामाका लागि बनाइएको क्याडिलाक वानभन्दा अहिले ट्रम्पले चढ्ने गाडी केही सुधार गरेर बनाइएको छ । जनरल मोटर्सले अहिले १५ मिलियन डलर खर्चेर यसको स्तरोन्नतिका लागि अनुसन्धान गरिरहेको छ ।

‘क्याडिलाक वान’मा अत्याधुनिक हतियारदेखि आपत्कालीन परिस्थितिका लागि राष्ट्रपतिको समूहको रगत पनि राखिएको हुन्छ । हरेक राष्ट्रपतिको कार्यकालमा एउटै मोडेलका १२ वटा ‘बिस्ट’ बनाइन्छ । सुरक्षा खतरा उच्च हुँदा एकपटकमा दुईदेखि चारवटासम्म सँगै गुडाइन्छ । एउटामा राष्ट्रपति हुन्छन् भने अरूमा आक्रमणकारीलाई झुक्याउन राष्ट्रपतिजस्तै देखिने बहुरूपियाहरू हुन्छन् ।

संसारकै सबैभन्दा सुरक्षित गाडी मानिने क्याडिलाक वानको ढोका सैनिक ट्यांकमा प्रयोग गरिने स्तरको छ । यो सामान्यभन्दा दोब्बर बाक्लो स्टिल, आल्मुनियम, टाइटानियम र सेरामिकको मिश्रणबाट बनाइन्छ । आठ इन्च बाक्लो यो गाडीको ढोकाको तौल बोइङ ७५७ हवाईजहाजको क्याबिन ढोकाबराबर छ । भारी तौल हुने भएकाले यसको ढोका भित्रबाट खोल्न सकिँदैन । यो गाडीले ठूला बम हमलाहरू सहने मात्रै होइन, बायोलोजिकल र केमिकल हमलाले समेत छुन नसक्ने गरी सिल गरिएको छ ।

यो गाडीमा प्रयोग गरिएका सिसा ०.४४ म्यागनमको बुलेटले पनि केही गर्न नसक्ने छन् । यसमा प्रयोग गरिएका धातु ५ इन्च बाक्ला र सैन्य ग्रेडका छन् । ०.४४ म्यागनमले मात्रै होइन, यो गाडीका सिसा संसारका कुनै पनि बन्दुकका गोलीले तोड्न नसक्ने बताइन्छ । गाडीको तल्लो भागमा प्रयोग भएको धातु भुइँमा बिछ्याइएका ल्यान्डमाइनले पनि केही असर गर्न सक्दैन । गाडीको इन्धन ट्यांकीसमेत विस्फोट प्रतिरोधात्मक छ । इन्धनट्यांकीमा एउटा तरल पदार्थ हुन्छ । गाडीमा बम या गोली लागेर ट्यांकी प्वाल प¥यो भने पनि फिँजजस्तो पदार्थ निस्केर प्वाल तुरुन्त टालिन्छ ।

रासायनिक आक्रमणमा परी श्वास फेर्न नमिल्ने अवस्था आए भित्रैबाट निकाल्न मिल्ने गरी गाडीको डिक्कीमा अक्सिजन सिलिन्डर राखिएको छ । त्यहाँ आगो निभाउने उपकरण र आगलागीबाट बच्न आवश्यक अन्य सामग्री पनि राखिएको हुन्छ । चालकसिटनजिकको बाहेक यो गाडीमा भएका अन्य कुनै पनि झ्याल खुल्दैनन् । चालकको झ्याल पनि जम्मा ३ इन्च तलसम्म मात्र खुल्छ । यो व्यवस्था गर्नुको कारण हो, आवश्यक पर्दा सँगसँगै हिँडिरहेका ‘सेक्रेट सर्भिस एजेन्ट’ र गाडीचालकबीच कुराकानी हुन सकोस् । गाडीको अगाडिपट्टि नाइटभिजन क्यामेरा जडान गरिएको छ, जसकारण जस्तोसुकै अँध्यारोमा पनि चालकले अगाडि भएको स्क्रिनमा हेर्दै सजिलोसँग गाडी कुदाउन सक्छन् ।

ट्रम्पको गाडीको स्टेरिङ अन्य गाडीको जस्तै सामान्य नै छ, तर ड्यासबोर्डमा भने स्याटलाइट फोन र जिपिएस ट्र्याकर जडान गरिएको छ । ‘इमरजेन्सी मोड’मा नियमित सम्पर्क हुन सक्छ भने गाडी कहाँ छ भनेर ‘सेक्रेट सर्भिस एजेन्सी’को हेडक्वार्टरमा निरन्तर जानकारी भइरहन्छ ।

हावाविना गुड्ने यो गाडीको टायर केभ्लर फाइबरबाट बनाइएको हो । यसका टायरहरू पङ्चर हुने, च्यातिने, छेडिनेलगायत हुँदैन । कुनै विस्फोट गराएर गाडीको टायर धुजाधुजा बनाइयो भने पनि टायरभित्र विशेष किसिमका स्टिल रिम हुन्छन्, जसले गर्दा गाडी विनासमस्या कुदिरहन्छ । कुनै परिस्थितिमा भिड एकत्रित भएर गाडी रोक्ने प्रयास भए परिस्थिति नियन्त्रणमा लिन गाडीको अगाडि अश्रुग्यास प्रहार गर्ने केही थान बन्दुक पनि राखिएको छ । यतिले समस्या समाधान नभए थप बल प्रयोग गर्न गाडीभित्रै केही थान बन्दुक र एउटा सटगनसमेत राखिएको छ ।

राष्ट्रपतिको गाडीको चालक हुन जोसुकैले पाउँदैन । यसका चालक पनि ‘सेक्रेट सर्भिस एजेन्ट’ नै हुन्छन्, जसले अनिवार्य सैनिक तालिम लिएको हुनुपर्छ । आपत्कालीन स्थितिमा जे–टर्न गराएर गाडी भगाउन सक्ने क्षमता भएका चालकले जनरल मोटर्सका इन्जिनियरको प्रत्यक्ष निगरानीमा सैन्य तालिम केन्द्रमा गाडी चलाउन सिकेका हुन्छन् । अमेरिकी राष्ट्रपतिको गाडी चलाउने चालक साधारणतया ‘फास्ट एन्ड फ्युरियस’ फिल्मका नायकले फिल्ममा देखाएका जस्ता सबै स्टन्ट वास्तविकतामा गर्न सक्ने क्षमता भएका हुन्छन् ।

जम्मा सातजना बस्न मिल्ने गरी बनाइएको यो गाडीको पछाडिको भागमा राष्ट्रपतिसहित पाँचजना बस्न मिल्छ । राष्ट्रपति बस्ने ठाउँ भने बुलेट प्रुफ सिसाले घेरिएको एउटा ‘कम्पार्टमेन्ट’ छ । उक्त कम्पार्टमेन्टको सिसा तल–माथि सार्ने स्विच राष्ट्रपतिसँग मात्र हुन्छ । सबै रासायनिक हमलाले समेत केही नहुने गरी सिल गरिएका कारण गाडीका झ्यालढोका वा सिसा कतैबाट पनि बाहिरको आवाज भित्रसम्म पुग्दैन । बाहिर बोलेको भित्र रहेका राष्ट्रपतिले केही पनि सुन्दैनन् । राष्ट्रपतिले बाहिरको आवाज सुन्न चाहेमा त्यहाँ जडान गरिएको स्पिकर प्रयोग गर्न भने सक्छन् । गाडीको तल एउटा माइक राखिएको छ जुन स्पिकरमा जोडिएको छ ।

राष्ट्रपतिको सिटमा एउटा स्याटालाइट फोन पनि जडान गरिएको छ, जसको सीधा लाइन उपराष्ट्रपतिको कार्यालय र पेन्टागनसँग जोडिएको हुन्छ । संवेदनशील समयमा यसबाटै ट्रम्पले आफ्नो कार्यालय र उपराष्ट्रपतिको कार्यालयमा सीधा आदेश दिन सक्छन् ।

गाडीको सुरक्षा गर्न यसको आफ्नै हवाईजहाज पनि छ । सेक्रेट सर्भिस एजेन्सीले सी–१७ ग्लोबमास्टर ट्रान्सपोर्ट एयरक्राफ्टले आकाशबाट यो गाडीमाथि निरन्तर निगरानी गरिरहेको हुन्छ । ट्रम्पको गाडीको पछाडि ‘रोडरनर’ नामले चिनिने अर्को गाडी हुन्छ, जसले आकाशमा उडिरहेको हवाईजहाजसँग निरन्तर सम्पर्क गरिरहन्छ । रोडरनरको छतमा एउटा एन्टेना जडान गरिएको छ र यसमार्फत सैन्य मुख्यालयमा सीधा सम्पर्क हुन्छ । यस्ता क्षमताका कारण ‘द बिस्ट’माथि आक्रमण गर्नु र क्षति पु¥याउनु लगभग असम्भवप्रायः नै छ ।

१८ फिट लम्बाइ र ६ फिट १० इन्च अग्लो यो गाडीमा जम्मा ६.५ लिटर डिजेल मात्र अट्छ । गाडीको तौल अत्यधिक भएका कारण डिजेल इन्जिन राख्नुपरेको हो । यो गाडीको अधिकतम गति केवल ६० किलोमिटर प्रतिघन्टा छ ।

जर्ज डब्लू बुसको पालामा राष्ट्रपतिको सवारी हुँदा १० देखि १२ वटा गाडी प्रयोग हुन्थे भने ओबामा राष्ट्रपति भएपछि ३५ देखि ४० वटासम्म गाडी प्रयोग गरिँदै आएका छन् । जसमध्ये ४–५ वटा मात्रै ‘द बिस्ट’ ब्रान्डका हुन्छन् ।

पूर्वराष्ट्रपति ओबामाको इजरायल भ्रमणका क्रममा एकपटक ‘द बिस्ट’ बिग्रिएको थियो । जेरुसेलमको एक पेट्रोलपम्पमा तेल हाल्दा पेट्रोलपम्पले डिजेलको सट्टा पेट्रोल हाल्दिएका कारण गाडी खराब भएको चर्चा चलेको थियो । तर, बिग्रिनुको खास कारण कतै बताइएन । ओबामा इजरायल आउनुभन्दा दुई घन्टाअघि नै गाडी बिग्रेकाले बीच सडकमा ओबामाले बेइज्जत भोग्नुपरेन ।
बिग्रेपछि गाडी ग्यारेजमा पु¥याएर अर्को लिमोमा ओबामा कार्यक्रमस्थलसम्म गएका थिए ।

यसबाहेक पनि अमेरिकी राष्ट्रपतिको गाडीमा अन्य धेरै ‘फिचर्स’ रहेको बताइन्छ, तर यसलाई बाहिर ल्याइएको छैन । कारण, कसैले त्यसलाई आधार मानेर आक्रमणका योजना बनाउन नसकोस् । कुनै पनि मोडेलका बिस्टहरू एउटा निश्चित समयभन्दा बढी चलाइँदैन । उक्त समयपछि सबै गाडी गोप्य सैनिक इलाकामा लगेर विस्फोट गराइन्छ वा अन्य कुनै प्रकारले नष्ट गरिन्छ । कसैले पनि पुराना मोडेल हेरेर यसका ‘फिचर्स’ पत्ता लाउन नसकोस् भनेर यसो गरिएको हो । यो गाडी बनाउनेदेखि चलाउने, मर्मत गर्ने र नष्ट गर्ने सबै ‘सेक्रेट सर्भिस एजेन्सी’ र ह्वाइटहाउस सैन्य कार्यालयको प्रत्यक्ष रोहबरमा हुन्छन् ।