जलरङभित्र चेतना बिछ्याउँदै कलाकार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

जब हामी प्रदर्शनीका भित्ताहरू हेर्छौं, तब लाग्छ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, मानवीय जीवनशैलीजस्ता अनेक विषयले हामीलाई नै नियालिरहेका छन्

गल्ली–गल्ली र चोक–चोकमा कलाको विकास भएन । कलाले सोचेजस्तो ठाउँ पाएन । नेपालमा कलाबारे यस्तै चर्चा बढी चल्छ । तर, नेपालमा अद्भूत कला प्रदर्शनी नभएका पनि होइनन् । हाल काठमाडौंको बबरमलस्थित आर्ट काउन्सिलमा जलरङ कला प्रदर्शनी भइरहेको छ ।

इन्टरनेसनल वाटर कलर सोसाइटी नेपाल (आइडब्लुएस)ले दोस्रो वार्षिक ‘जलरङ प्रदर्शनी’ गरेको हो । रङमा सीप उतार्नेहरू भन्छन्, जलरङ चित्रकलाकै सबैभन्दा चुनौतीपूर्ण विषय हो । बगेको पानीमा रङको फैलावट दिएर आनन्द लिने कला पनि हो, जसरी हिमालबाट झरेको झरनाले जमिनमा बगेर आनन्द लिएको हुन्छ ।

जब हामी प्रदर्शनीका भित्ताहरू हेर्छौं, तब लाग्छ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, मानवीय जीवनशैलीजस्ता अनेक विषयले हामीलाई नै नियालिरहेका छन् । अझ गहिरिएर कलामा भिज्दा लाग्छ, भित्ताभरि नै पानीमाथि रङ फैलिएर आकृति लिएको छ । तर, यो भ्रम हो ।

यो प्रदर्शनीले हिमालदेखि तराईसम्मका हरेक विविधतालाई एकै थलोमा देखाएर नौलो आयाम नै थपिदिएको छ । हरेक दिनको भिडभाडमा कलाकार मात्रै होइन, साधारण अवलोकनकर्ताहरू पनि जलरङ कलाबाट प्रभावित भएको देखिन्छ । प्रदर्शनी हलको ठीक अगाडि उभिएर गफिँदै गरेका वरिष्ठ जलरङ कलाकार तथा आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले भने, ‘जरलङको विकास र प्रवद्र्धनका लागि यो प्रदर्शनीले ठूलो महत्व राख्छ । यो प्रदर्शनी नियाल्दा नै थाहा हुन्छ, जलरङ चित्रकलाप्रति कलाकारको आकर्षण र मोह कति छ ।’

कलाकार एनबीले एकजना योगीको हाँसोलाई क्यानभासमा उतारेका छन् । कलाकारले योगीप्रति देखाएको न्याय यो कलामा पढ्न सकिन्छ । उनले योगीका लामा दाह्रीजुँगाभित्र लुकेको हाँसोलाई लजालु रूपमा प्रस्तुत गर्न पनि खोजेका छन् । अर्का युवा कलाकार अलि अन्सारी, जसले हातमा केही थान माछा लिइरहेको बच्चालाई चित्रमा उतारेका छन् । यो चित्रमा बच्चा र माछाको आत्मीय प्रेमभाव देखिनुका साथै कलाकार तराईको भौगोलिक र मानवीय जीवनसँग परिचित भएको बुझ्न सकिन्छ ।

बरुनबाबु घिमिरेले बनाएको नारायणी तीरको चित्रले त प्रदर्शनीमा आएका अवलोकनकर्तालाई एकै ठाउँमा उभ्याउन सहयोग गरेको छ ।

प्रदर्शनीमा जलरङका प्रख्यात कलाकारदेखि सिकारु कलाकारको जमघट देखिन्छ । प्रायः जलरङ प्रदर्शनीमा कलाकारको मोह प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्ष र मुहारचित्रमा बढी देखिन्छ । प्रदर्शनीमा रहेका चित्रमा कलाकारले पानीभित्र पनि रङको फिनिसिङ खोजिरहेका छन् । यो भाव भीमबहादुर श्रेष्ठको मुहार चित्रमा देख्न सकिन्छ । चित्रमा अगाडिको दाँत फुस्किएका एक वृद्धलाई ढाकाटोपीको शृंगारमा मीठो र लोभलाग्दो मुस्कानसहित देख्न सकिन्छ । जलरङमा मानवीय अनुभूति पोख्न खप्पिस श्रेष्ठको चित्रले उनलाई यो कलामा अब्बल सावित गरेको छ ।

प्रदर्शनी हलका भित्ताहरूमा डी बरालको चित्रमा सुन्दर झरना, विनोदकुमार गुप्ताको चित्रमा पानीले भिजेको वसन्तपुर र अनिता खनालको चित्रमा चिताहरूमा आगो दन्किरहेको आर्यघाट देखिन्छ । नयाँ कलाकारको रुचि बढाउन अनलाइन प्रतियोगिताबाट छानिएको कलामा प्रायः नेपाली सांस्कृतिक, मौलिक बाजा र मौलिक पहिरन देख्न सकिन्छ । ३८ जना कलाकारको सहभागिता रहेको प्रदर्शनीमा ४० भन्दा बढी चित्र छन् । सोचेभन्दा गाह्रो विधा भए पनि नयाँ कलाकारको रुचि जलरङमा बढ्दै गएको प्रदर्शनी घुम्दा पढ्न सकिन्छ ।

देशभरबाट आएका जलरङका चित्रहरूबाट छनोटमा परेका चित्रमध्ये तीन उत्कृष्ट चित्रलाई पुरस्कृत गरेर संस्थाले कलाकारको उच्च मूल्यांकन पनि गरेको छ । पहिलो पुरस्कार प्राप्त गरेका रोशन विक भन्छन्, ‘मलाई यो पुरस्कारले थप जिम्मेवार बनाएको छ र हामीजस्ता युवा कलाकारका लागि जलरङको ढोका पनि खोलिदिएको छ ।’

दोस्रो र तेस्रो स्थानसहित पुरस्कृत कलाकार मनोज र मुकेश पनि विकको तर्कलाई सही मान्छन् । नयाँ कलाकारलाई प्रोत्साहन गर्न उत्कृष्ट चित्रहरू प्रदर्शनीमा राखिएको बताउने एनबीले अर्को वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय जलरङ मेलाको तयारीको एक स्वरूप पनि हो भन्नसमेत भ्याए ।

  • शब्द : अकृन
  • तस्बिर : चन्द्रकला क्षेत्री