शरदले दुवै खेल गुमाए - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

नेपालका भरपर्दा ब्याट्सम्यान शदर भेष्वाकरले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत छैटौँ चरणको महत्वपूर्ण खेल गुमाएका छन् । नेपालले शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । शरद नहुँदा नेपाललाई गम्भीर धक्का लागेको छ । पछिल्लो समय शरदले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गरेका थिए । लिगको चौथो स्थान आशा जीवितै राख्न नेपालले हङकङविरुद्धका दुवै खेलमा जित निकाल्नुपर्ने बाध्यता छ । नेपाल आठ अंकसाथ लिगको छैटौँ र ११ अंक जोडेको हङकङ पाँचौँ स्थानमा छन् ।

शरदको स्वास्थ्य खराब

मध्यक्रमका ब्याट्सम्यान शदरको स्वास्थ्य खराब भएका कारण हङकङविरुद्धका दुवै खेल गुमाएको नेपाली क्रिकेट टोलीका टेक्निकल विश्लेषक रमन सिवाकोटीले जानकारी दिए । ‘शरदलाई ज्वरो आएको छ, उनले यो अवस्थामा प्रतिस्पर्धा गर्न सक्दैनन्,’ सिवाकोटीले भने । शरद बिरामी भएपछि उनको स्थानमा नेपाल आर्मीका नरेश बुढाएरले लिनेछन् । नरेश शुक्रबारै हङकङ पुगे पनि खेल्ने सम्भावना न्यून छ । लिगमा शरद नेपाली टोलीका दोस्रो बढी रन बनाउने ब्याट्सम्यान हुन् । उनले १० खेलमा ३ सय २१ रन बनाएका छन् । कप्तान पारस खड्काले आठ इनिङबाट ३ सय ५२ रन जोडेका छन् ।

नेपाललाई घाटा

मुख्य ब्याट्सम्यान अस्वस्थ भएपछि नेपालको ब्याटिङ प्रभावित हुने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले बताए । ‘उच्च फर्ममा रहेका ब्याट्सम्यान टोलीमा नरहुँदा त्यसको प्रभाव पर्छ, ‘टमाटाले भने, ‘शरद हुँदा मध्यक्रममा केही चिन्ता हुँदैन ।’ टमाटाका अनुसार अब तेस्रो क्रममा कप्तान पारस उत्रनेछन् । प्रशिक्षक टमाटाले हङकङको मैदान सानो भएकाले हाई स्कोरिङ खेल हुने बताए । ‘यहाँको क्वोङ रिङ क्रिएसन मैदान सानो छ, यस पिचमा उच्च स्कोर खेल हुने अपेक्षा छ,’ उनले भने, ‘हामीले यहाँको मैदानमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका छौँ ।’ विकेटमा धेरै घाँस भएकाले विकेट टर्न हुन सक्ने कप्तान पारसको भनाइ छ । ‘विकेटमा सोचेभन्दा धेरै घाँस छ, यहाँको विकेटमा बल टर्न हुन सक्छ, यसको फाइदा हामीलाई नै छ, ‘पारसले भने, ‘स्पिनरले आफ्नो कमाल दोए नेपालले हङकङमाथि दबाब राख्न सक्छ ।’