बन्दुक र अमेरिका - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   असोज २७, २०७४

न्युयोर्क र अन्य केही राज्यले हतियारमा प्रतिबन्ध लगाएका छन् । वासिङ्टनमा अर्को दुर्भाग्यपूर्ण युद्ध लड्नुको साटो हतियार नियन्त्रणसम्बन्धी आफ्ना विशेष अधिकार प्रयोग गर्न अन्य राज्यलाई प्रोत्साहन दिनुपर्छ ।

अमेरिकाको लस भेगास सहरको नरसंहार र त्यसपछिका घटनाक्रम पछिल्लो अमेरिकी संस्कारको रुपमा विकसित हुँदै गएको छ । एक सन्की अमेरिकीले एउटा होटेलको ३२औँ तलाबाट अन्धाधुन्ध गोली बर्साएर नजिकैको कन्सर्टमा रमाइरहेका निर्दोष मानिसको नरसंहार गर्छन् र प्रहरीले उनलाई नियन्त्रणमा लिनुअघि नै आत्महत्या गर्छन् । 

निकै नाटकीय र त्रासदीपूर्ण लाग्ने सो गोलीकाण्ड वास्तवमा भन्ने हो भने अमेरिकी संस्कृतिको एउटा अभिन्न पाटो बनेको छ । लस भेगास हमलालगत्तै बन्दुकविरोधी एउटा अभियान नै चलेको छ र बन्दुकप्रेमीले समेत त्यसलाई समर्थन गर्ने संकेत गरेका छन् । पृष्ठभूमिमा जे–जस्ता नौटंकी देखिए पनि एउटा गहिरो सत्यमा सहमति जुटेको छ– बन्दुक नियन्त्रण गर्ने जतिसुकै ओठेभाषण छाँटे पनि व्यवहारमा केही परिवर्तन हुनेछैन । टेलिभिजनबाट प्रसारित झन्डै एक साता लामो अन्तिम संस्कार सकिएको छ र अमेरिकी जीवनशैली अर्को नरसंहार नहुन्जेलका लागि सामान्यीकरणतर्फ बढेको छ ।
आमनरसंहारले अमेरिकी संस्कृतिमा गहिरो जरा गाडेको छ ।

अर्थात् बन्दुक र अमेरिका एक–अर्काबीचको पर्याय साबित भएका छन् । युरोपका अमेरिकी बासिन्दाले छिमेकीविरुद्ध दुई शताब्दी लामो बन्धुहत्या गरेका छन् र यति मजबुत ढंगले दास अर्थतन्त्र स्थापना गरेका छन् कि यसलाई केवल विनाशकारी गृहयुद्धले मात्र अन्त्य गर्न सक्छ ।

प्रायः अन्य देशमा पनि यस्तो उदाहरण देख्न सकिन्छ । रसियाका जार, दासी र कमैयाजस्ता डरलाग्दा समस्या नियन्त्रणका लागि चारवर्षे रक्तपातभन्दा पनि संसद्को आदेश र विधायिका प्रभावकारी साबित भएका थिए । दास प्रणाली समाप्तिपछि अमेरिकाले शताब्दीयौँ लामो रंगभेद नीति स्थापना र लागू गरेको थियो ।

आजका दिनसम्म अमेरिकामा बन्धुहत्या र कैदीको दर युरोपको भन्दा उच्च छ । देशबाहिर कथित अतिवादीविरुद्ध ‘नथाक्ने युद्ध’ गरेको अमेरिकाजस्तो बृहत् प्रजातान्त्रिक देशमा हरेक वर्ष भीषण र ज्यान नै सिरिङ्ङ हुने आमनरसंहार हुन्छ । ती कहालीलाग्दो नरसंहारमा दर्जनौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । संक्षेपमा भन्नुपर्दा अमेरिका यस्तो देश हो जसको विगतको इतिहास र वर्तमान वास्तविकता जातिभेद, जातीयता, अन्धदेशभक्ति र बारम्बारको नरसंहारको मिश्रणबाट गुज्रिएको छ ।

जे भए पनि लस भेगास गोलीकाण्डले विनाशकारी बन्दुकमाथि प्रतिबन्ध लगाउने आवश्यकता फेरि एकपटक औँल्याएको छ । निश्चय नै बन्दुकमाथिको प्रतिबन्धले अमेरिकामा नरसंहारमा केही कमी आएको छ । सन् १९९४ को सेप्टेम्बरदेखि २००४ सेप्टेम्बरसम्म अमेरिकाले बन्दुकमाथि प्रतिबन्ध लगाउँदा आमगोलीकाण्डमा धेरै हदसम्म नियन्त्रण आएको थियो । दिनदहाडै आममानिसको छातीमा मकै भुटेझैँ गोली हान्ने हिंस्रक जत्था समाजबाट बिस्तारै हराएका थिए । कुनै पनि व्यक्ति ढुक्कसाथ आफ्नो गन्तव्यमा पुग्न सफल भएको थियो ।

तर, बन्दुक अभियन्ताको तीव्र लबिङपछि अमेरिकी कंग्रेस सो प्रतिबन्ध पुनः नवीकरण गर्न विफल भयो, जसका कारण अहिले आमअमेरिकीले असुरक्षा बोध गरेका छन् । किनकि, कानुन अभावमा संघीय तहमा जुनसुकै वेला बन्दुक प्रतिबन्धलाई पुनः स्थापित गर्न सकिने अवस्था अहिले छैन ।

आफ्नो अर्धस्वचालित राइफललाई पूर्ण रूपमा स्वचालित हतियार बनाउन सक्षम पार्ने लस भेगास आक्रमणकारीले प्रयोग गरेको उपकरण ‘बम्प स्टक’माथि प्रतिबन्ध लगाउन सम्भव छ । त्यसका लागि संघीय सरकारले केही न केही कदम चाल्नु आवश्यक छ ।

निश्चय नै बन्दुकमाथिका प्रतिबन्धले ठूला नरसंहार रोक्न सफल भएका छन् । सन् १९९६ मा अस्टे«लियाले बन्दुकमाथि प्रतिबन्ध लगाएपछि आमनरसंहारमा व्यापक नियन्त्रण भएको थियो । तर, अमेरिकाका बन्दुकप्रेमीले अस्ट्रेलियाको यो प्रमाण स्वीकार गर्न लजाउँछन् । दुःखका साथ भन्नुपर्छ कि लस भेगासजस्तो आमनरसंहारले वर्तमान खतरनाक संसारमा हतियार एक मात्र संरक्षणको सच्चा साधन हो भन्ने अमेरिकी विश्वासलाई झन् सशक्त बनाएको छ ।

हालै सार्वजनिक गरिएको एउटा तथ्यांकअनुसार बन्दुकप्रतिको मोह अमेरिकाको दक्षिण र मध्यपश्चिम क्षेत्रको ग्रामीण र अर्धसहरी क्षेत्रका कम शिक्षित र श्वेत रिपब्लिकनमा तीव्र छ । सोही भौगोलिक क्षेत्रबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अत्यधिक समर्थन छ । 

देशमा गहिरो आर्दशात्मक विभाजनको बाबजुद आशाको दियो पनि उत्तिकै छ । अमेरिकी संविधानअन्तर्गत आक्रमण गर्ने हतियारमाथि प्रतिबन्ध गर्न र बन्दुकमाथि नियन्त्रण गर्ने अधिकार राज्यहरूलाई छ । (तथापि, हतियार राख्न पाउने अधिकारमाथिको दोस्रो संशोधनमा सर्वोच्च अदालतको व्याख्याले हाते बन्दुक र सम्पूर्ण राईफललाई भने प्रतिबन्ध लगाउँदैन ) ।

मेरो आफ्नै राज्य न्युयोर्कले यसअघि नै आक्रमण गर्ने हतियारहरूलाई प्रतिबन्ध गरेको छ र अन्य केही थोरै राज्यहरूले पनि प्रतिबन्ध लगाएका छन् । वासिङ्टनमा अर्को दुर्भाग्यपूर्ण युद्ध लड्नुको साटो हतियार नियन्त्रणसम्बन्धी आफ्ना विशेष अधिकार प्रयोग गर्न अन्य राज्यहरूलाई प्रोत्साहन दिनुपर्छ ।

आमगोलीकाण्डको दर न्यून हुने राज्यका नागरिक अन्य राज्यको तुलनामा बढी सुरक्षित छन् । ती राज्यका अर्थतन्त्र पनि उत्साहजनक देखिन्छन् । नेभाडा राज्यले हतियारमाथि नियन्त्रण र पर्यटकहरूको सुरक्षा सुनिश्चितता नगर्दासम्म पछिल्लो नरसंहारका कारण त्यस क्षेत्रको पर्यटन व्यवसाय धराशयी हुँदा लस भेगासलाई ठूलो असर पार्नेछ ।

अमेरिकामा अहिले केवल रातो (कन्जरभेटिभ) राज्य र निलो (प्रगतिशील) राज्य छैन । बरु वास्तविक रातो र निलो क्षेत्र छ, जसको अर्थ भिन्न क्षेत्रको भिन्न संस्कृति, भिन्न नायक, राजनीति, भाषा, अर्थतन्त्र र स्वतन्त्र विचार छ । न्युयोर्क सहरमा स्वतन्त्रताको अर्थ तपाईसँग सहरको फुटपाथ र पार्कमा कुनै पनि दिन हिँडडुल गर्ने वा आवतजावत गर्ने हजारौँ अपरिचित व्यक्तिले कुनै पनि दिन घातक हतियार बोक्नु होइन । तर, टेक्सास वा लस भेगासमा स्वतन्त्रता भनेको तपार्इंले मन परेको स्थानमा तपाईंको विश्वासिलो हतियारलाई बोक्ने सुविधा हो ।

अमेरिकाभित्रै बन्दुकको मामिलामा किन यति ठूलो भिन्नता ? राता राज्य र निला राज्यलाई आ–आफ्नै ढंगले अगाडि बढ्न दिने समय हो अहिले । हतियारलाई नियन्त्रण गर्ने वा त्यसको स्वामित्व सीमित पार्ने विषयमा सहमति जुटाउन हामीबीच अर्को गृहयुद्ध निम्त्याउनु आवश्यक छैन । यस विषयमा कन्जरभेटिभको आफ्नै अधिकार छ– संघीय सरकारको शक्ति कटौती गरौँ र राज्यहरूको हतियारसम्बन्धी नियमावली परिवर्तन गरौँ र हतियार राख्दा लिइने राजस्वमा व्यापक हेरफेर गरौँ ।

शक्तिको बाँडफाँड र आधारभूत अधिकारलाई संवैधानिक सीमितताको विषय बनाउनुपर्छ । आफ्नो नियमावली बलियो बनाउन जुक्ति प्रयोग गरेर र संघीय सरकारलाई तिर्नुपर्ने कर बचत गरी सामाजिक सेवा वृद्धि गरेर खुकुलो राज्यसंघमा मेरो आफ्नो राज्य समुन्नत हुनेछ । र, कमजोर संघीय सरकारको अर्थ मध्यपूर्वमा अमेरिकी युद्धको न्यून सम्भावना हो ।

कुनै बिन्दुमा अमेरिकाले संघीय बन्दुक नियन्त्रणसम्बन्धी कानुन महसुस गर्नेछ । जब धेरैभन्दा धेरै अमेरिकी कंग्रेसम्यानले आफ्नो जीवन खतरामा छ भन्ने महसुस गर्छन् तब बन्दुकविरुद्ध राष्ट्रिय कारबाही हुन्छ । कंग्रेसका दुई सदस्यमाथि गोली प्रहार भइसकेको छ (सन् २०११ मा ग्याब्रियल गिफोर्ड र यसै वर्षको सुरुमा स्टेभ स्केलाइजमाथि गोली प्रहार भएको थियो) । तर, अहिले भने कंग्रेसमा बन्दुकविरोधी र बन्दुकवादीको राजनीतिक ‘क्रसफायर’ हुनेछ । सुन्दा यो डरलाग्दो विषय भए पनि तितो सत्य यही हो । 

ट्रम्पको अमेरिकामा बन्दुकको हिंसा र अस्थिरता दैनिकजसो भड्किएको छ । तत्कालै कार्यान्वयन हुने राष्ट्रिय तहको समाधान खोजिनु उपयुक्त हुनेछ । तर, समाधान खोज्नुअघि सम्पूर्ण अमेरिकी राज्यलाई बन्दुकका विषयमा आमनागरिकलाई बन्दुक राख्न अनुमति दिनु उपयुक्त छ वा छैन भन्ने विकल्पबारे चिन्तन गर्ने अवसर दिनुपर्छ ।

कोलम्बिया विश्वविद्यालयको दिगो विकास, स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी प्राध्यापक जेफ्ररी डी साचस राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालका निर्देशकसमेत हुन् ।

(प्रोजेक्ट सिन्डिकेटबाट )