पुराना चोट बिर्साउँदै चीन–रुस जोड्ने पुल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

फेरीका माध्यमबाट अमुर नदी हुँदै चीनको उत्तरपूर्वी प्रान्त हेलङजिआङ प्रान्तस्थित हेइहे र रुसको ब्लागोभेस्चेन्स्कबीचको दूरी करिब २० मिनेटको मात्र हो । नदीको मध्यभागबाट चीनतर्फ मनमोहक ‘फेरिस ह्विल’ पार्क र रुसतर्फ गगनचुम्बी भवन देख्न सकिन्छ । ७ सय ३० मिटर फराकिलो नदीमाथि निर्माण गर्न लागिएको पुलले चीन–रुसको दूरी नजिक्याउनेछ । ‘धेरै पहिलेदेखि नै नदीको सुन्दरता देखेर चिनियाँहरू मोहित हुने गर्थे’ सोङ्गुवा नदीको किनारामा जन्मिएर हुर्किएका एक रुसी पत्रकारले भने । सबैभन्दा पहिले ब्लागोभेस्चेन्सकमा बसोवास गर्न थालेका रुसी नागरिक पनि नदीबाट पाएको फाइदाबाट दंग छन् ।

अमेरिकी तथ्यांक कम्पनी नोइमाका अनुसार ब्लागोभेस्चन्स्क अहिले मुख्य प्रशासनिक केन्द्र भएको छ । सन् २०१५ मा सो क्षेत्रको प्रतिव्यक्ति आय ३ लाख ४२ हजार ७ सय ६३ रुबल (रुसी मुद्रा ) वा ५ हजार ९ सय १७ डलर रहेको छ भने चीनतर्फ हेलङजिआङ क्षेत्रको प्रतिव्यक्ति आय भने ३९ हजार ९ सय ५२ ( ६ हजार ६६ डलर) रहेको छ । अतः दुवैतर्फको प्रतिव्यक्ति आय करिब–करिब समान नै रहेको भन्न सकिन्छ । हेलङजिआङ क्षेत्रको जनसंख्या भने ३ करोड ८० लाखभन्दा बढी छ भने रुसतर्फ ब्लागोभेस्चन्स्क (अमुर ओब्लास्ट) क्षेत्रमा भने ८ लाखको हाराहारीमा मात्र जनसंख्या रहेको छ । हेलङजिआङ क्षेत्रको अर्थतन्त्र पनि अमुर ओब्लास्टभन्दा निकै ठूलो आकारको छ ।

यी दुवै क्षेत्रको तुलना गर्दा नदीमा निर्माण गर्न लागिएको पुलका कारण दुवैतर्फका क्षेत्रको आर्थिक वृद्धिमा टेवा पुग्ने कुरा जोकोहीले पनि सजिलै बुझ्न सक्छ । विगत तीन दशकदेखि दुवै क्षेत्रका अधिकारी र नागरिकले निरन्तर पुल निर्माणको कुरा उठाउँदै आएका थिए । तर, गत वर्ष पुल निर्माणको काम सुरु नहुन्जेल सो प्रयासले मूर्त रूप लिन सकेको थिएन । सन् २०१९ को अक्टोबर महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सोे पुल करिब २ अर्ब ४७ करोड चिनियाँ युआनको लागतमा निर्माण गर्ने योजना रहेकोे एक रुसी इन्जिनियरले स्तम्भकारस“गको भेटमा बताए । पुलको निर्माणले आर्थिक क्षेत्रमा प्रभाव पार्नुभन्दा पनि अझ महत्वपूर्ण कुरा त के छ भने दुवै राष्ट्रको सिमानामा रहेका नागरिकको समान सामूहिक चेतना निर्माण गर्नेछ । विगतको लामो समयको इतिहासमा यस्तो धारणा विकास हुन सकेको थिएन ।

ब्लागोभेस्चेन्स्क भ्रमण गरेका एक सहकर्मीले सो सहरका पुरातात्विक महत्वका स्थानको फोटो नलिन सुझाब दिएका थिए । चिनियाँ पथप्रदर्शकले पनि चिनियाँ पर्यटकले ती स्थानको तस्बिर लिन नहुने सुझाब दिए । शाब्दिक अर्थलाई केलाउँदा रुसी भाषामा ब्लागोभस्चेन्स्क को अर्थ ‘घोषणाको सहर’ भन्ने हुन्छ । पुरातात्विक महत्वको स्थान मानिने ‘ट्रम्फाल आर्क’ सन् १८९१ मा तत्कालीन राजकुमार निकोलाई एलेक्जान्ड्रोभिकले सहर भ्रमण गरेका वेला निर्माण गरिएको थियो । चीनतर्फ हालको हेलङजिआङ क्षेत्रमा आफूहरूले विजयको झन्डा गाडेको रुसले दाबी गरेको कुरा भने चिनियाँहरूले बिर्सिएका छैनन् ।

रुसले सो दाबी गरेको नौ वर्षपछि पनि ५ हजारभन्दा बढी चिनियाँ नागरिकको हत्या गरिएको थियो । सो क्षेत्रबाट रुसले चिनियाँ नागरिकमाथि हिंसात्मक गतिविधि गरी अन्यत्रै खेदाएको थियो । हाल चीनमा पर्ने हेलङजिआङ नदीलाई दुई देशबीचको सिमाना भएको बताउँदै उनीहरूले चिनियाँ नागरिकलाई खेदाएका थिए । सो घटना भएको एक शताब्दीभन्दा बढी समय बितिसकेको छ । अहिले चीन र रुसबीच कुनै पनि किसिमको सीमा विवाद छैन । तर, चिनियाँ नागरिकको हृदयमा गढेको घाउका दाग भने बाँकी नै छन् । पछिल्लो समय रुसी जनता पनि चिनियाँ नागरिक र उनीहरूको सम्पत्तिका विषयमा निकै संवेदनशील बन्न थालेका छन् । तर, पनि अर्थतन्त्र र व्यापारका केही मुद्दामा भने कतिपय विवाद कायमै छन् ।

चिनियाँहरू कसरी चाँडो विकास गर्न सकिन्छ भनेर सोच्छन् भने रुसीले चाहिँ सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ लिने गरेको चाइनिज एकेडेमी अफ सोसल साइन्सेसका अनुसन्धाता ली योङक्वानले टिप्पणी गरेका छन् । पुल निर्माण स्थलबाट हेर्ने हो भने विगत ३० वर्षको प्रयासबाट अमूल्य उपलब्धि हासिल गर्न धेरै गाह्रो नभएको देखिन्छ । आगामी ३० वर्षसम्म दुवै क्षेत्रले आपसी समझदारीमा काम गरे भने दुवै क्षेत्रको भविष्य समुज्ज्वल छ भन्न सकिन्छ ।

दिङ ग्याङ चिनियाँ सञ्चार संस्था ‘पिपल्स डेली’का वरिष्ठ सम्पादक हुन् ।
ग्लोबल टाइम्सबाट