सम्पादकीय : किन दोहोरिन्छन् उनै गल्ती ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

लुम्बिनीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामको प्रगति अत्यन्त निराशाजनक देखिएको छ । निर्माण सम्पन्न गर्न तोकिएको समय सकिन आठ महिना मात्र बाँकी रहँदा कार्य प्रगति भने केबल ३० प्रतिशत रहेको तथ्यले यो अवस्था देखाएको हो । निर्माणको ठेक्का चीनको नर्थवेस्ट कम्पनीले पाएको थियो । उसले आफ्ना लागि आवश्यक स्थानीय आवश्यकताका वस्तुको आपूर्तिका लागि नेपाली कम्पनीलाई जिम्मा दिएको थियो । यो स्थानीय सप्लायर र चिनियाँ कम्पनीबीच उत्पन्न विवादका कारण अहिले निर्माण कार्य ठप्प नभए पनि अत्यन्त सुस्त छ । सुरुमा डिसेम्बर ०१७ मा सक्ने गरी ठेक्का पाएको कम्पनीले भूकम्प र नाकाबन्दीका कारण थप समय पाएको थियो । तर, थपिएको समयमा पनि ६० प्रतिशतभन्दा बढी निर्माण कार्य बाँकी रहने भएको छ । एकातिर नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित मन्त्रालय ठेकेदारलाई दबाब दिँदै ठेक्का तोड्न धम्की दिइरहेका छन् भने अर्कोतिर चीनका तर्फबाट सरकारले नै कम्पनीको बचाउ गर्दै आफ्नो कम्पनीको दोष नभएको भन्दै लबिङ गरिरहेको छ । यसरी विभिन्न पक्ष जेलिएर विवादमा अल्झँदा निर्माण कार्य भने अलमलमा फस्दै गएको छ । यो गौतम बुद्ध विमानस्थलको कथा मात्र होइन, नेपालमा धेरै योजना यसरी नै फस्दै, पछि सर्दै गएका छन् । चमेलियाको अवस्था त्यही छ । मेलम्ची आयोजना त यसमध्ये सबैभन्दा बढी बदनाम योजनामा पर्छ । तामाकोसी अझै तन्किँदै छ । जापानले बनाइदिएको बनेपा बर्दिवास योजनाले पनि झन्डै डेढ दशकको समय लिएको थियो । चक्रपथअन्तर्गत कलंकी–कोटेश्वर खण्डको हालत त्यस्तै छ । नागढुंगा त्रिपुरेश्वर खण्डको त्रिभुवन राजपथ होस् या हुलाकी राजमार्ग निर्माण तोकिएको समयमा नसकिने मात्र होइनन्, कहिले सकिन्छ भन्ने नै अनिश्चित छ । यसरी नेपालले पूर्वाधार निर्माणका क्षेत्रमा अनावश्यक समय र ठूलो धनराशिको नोक्सानी व्यहोर्दै आएको छ । यो सामान्य विषय होइन । यसले देशको समग्र विकास परिकल्पनालाई पछि धकेल्ने गरेको छ । देश विकास हुन्छ र यतै केही अवसर प्राप्त हुन्छ भन्ने मानिसमा विश्वास पलाउन दिएको छैन । यो अपत्तिजनक लापरबाही र देशप्रतिको एउटा घात गरिएकै अवस्था हो ।

नेपालले पूर्वाधार निर्माणका क्षेत्रमा अनावश्यक समय र ठूलो धनराशिको नोक्सानी व्यहोर्दै आएको छ, यो सामान्य विषय होइन । यसले देशको समग्र विकास परिकल्पनालाई पछि धकेल्ने गरेको छ ।

यस्तो हुनुमा अरू कसैलाई दोष दिएर हुन्न । यसमा मुख्य दोष हाम्रो सम्बन्धित निकाय सञ्चालन गर्ने ब्युरोक्रेसी, परियोजना प्रतिवेदन स्वीकृत गर्ने या बनाउने प्राविधिक र राजनीतिक वातावरण निर्माण गर्नुपर्ने नेतृत्व जिम्मेवार छ । कुनै पनि परियोजनाको परिकल्पना गर्दा त्यसको बजेट, समय र जोखिमका सम्भावित क्षेत्र पहिले नै आँकलन गरिन्छ । जब सार्वजनिक खरिद प्रक्रियामार्फत कसैलाई परियोजना ठेक्का दिइन्छ, त्यतिवेलै समयमाथिका बन्देज र गुणस्तर नियन्त्रणका आवश्यक सर्त निर्धारण गरिन्छन् । कुनैपनि परियोजना कसैले ठेक्का लिए पनि त्यसको अनुगमन गर्ने र त्यसलाई समयमै सक्न के–कस्ता उपाय अवलम्बन गर्ने–गराउने भन्ने सर्तहरू पनि निश्चित हुन्छन् । तर, पहिले त ठेक्का दिँदा नै कमिसनको चक्कर चल्छ, वास्तविक लागत र मुनाफाबीच अत्यन्त कम अन्तर राखेर ठेक्का लिनेले लिन्छ र पछि अनेक बहानामा परियोजना पछि सार्छ । यही प्रक्रियामा सरोकारवाला निकायको अनुगमनकर्ता कमिसनमा फस्छन् र परियोजनालाई मर्न पनि नदिने, सक्रिय पनि नगराउने गर्दै मोज गर्नतिर लाग्छ भन्ने आरोप लाग्ने गरेको छ । गौतमबुद्ध विमानस्थलमा जे भइरहेको छ, त्यसका लागि मुख्यतया नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राजनीतिक नेतृत्व जिम्मेवार छन् । उनीहरूमाथि कारबाही हुने अवस्था नआउन्जेल यो नियति नेपालले व्यहोरिरहनुपर्ने देखिन्छ ।