कांग्रेस संसदीय बोर्डलाई उम्मेदवार छान्न सकस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   असोज २७, २०७४

समानुपातिकतर्फ धेरै नाम सिफारिस भएपछि कांग्रेसको संसदीय बोर्ड सुरुमै समस्यामा परेको छ । विधानविपरीत बुधबार उम्मेदवार छान्ने संसदीय बोर्ड गठन भएपछि बिहीबार औपचारिक बैठक बस्यो । तर, तीन दिनभित्र समानुपातिकको बन्दसूची बुझाउनुपर्ने भए पनि पहिलो बैठक नै अलमलमा परेको हो । समानुपातिकतर्फ एउटै क्षेत्रीय समितिबाट दजनौँको नाम आएपछि समिति अलमलिएको हो ।

‘दुई तीनजनासम्मको नाम आएको भए पनि अलि सहज हुने थियो’ समिति सदस्य डा. रामशरण महतले नयाँ पत्रिकासँग भने, ‘धेरै उम्मेदवारको सिफारिस आएपछि को–कस्ता हुन् भन्ने चिन्नै गाह्रो भएको छ ।’ तर, पनि अब नियमित दिउँसो र राति पनि बसेर उम्मेदवार टुंग्याउने जानकारी उनले दिए । प्रदेश र केन्द्रका लागि समावेशी कोटामा पनि लोकप्रिय र प्रभावशालीलाई नै सकेसम्म समेट्ने तयारी कांग्रेसको छ । सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, कांग्रेसको विधानको दफा ३१ ले १५ जनाको समिति गठन गर्ने उल्लेख गरे पनि सभापति देउवाले विधान मिच्दै १७ सदस्यीय समिति गठन गरेका हुन् । गुटगत रूपमा सदस्य पार्न र मिलाउन देउवाले सदस्य थपेका हुन् ।

तालमेलकै पक्षमा कांग्रेस

समितिका अर्का सदस्य अर्जुनरसिंह केसीले पनि अरू पार्टीसँग गर्न सकिने तालमेललाई हेरेर उम्मेदवार टुंग्याउन पहल भइरहेको जानकारी दिए । ‘ठूलो प्रजातान्त्रिक पार्टीमा उम्मेदवार बन्न इच्छुक हुनु स्वाभाविक नै हो’ केसीले भने, ‘कसरी सन्तुलन मिलाउने भनेर छलफलमै छौँ, अरू राजनीतिक दलहरूसँग संयोजन गरेरै उम्मेदार टुंग्याउन लागेका छौँ ।’ २८ असोजसम्म उम्मेदवार टुंग्याउने गरी छलफल केन्द्रित भएको जानकारी उनले दिए । एमाले र माओवादी गठबन्धन बनेपछि हार्ने ठाउँमा जित्ने उम्मेदवारका लागि ६ दलको कार्यदलले पनि छलफल गरिरहेको उनले बताए । यद्यपि, कार्यदलको औपचारिक बैठक भने बसेको छैन ।

कार्यदलले बैठक बसेर प्रभावकारी रूपमा तालमेलको विषयलाई अघि बढाउन सकेको छैन । राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेश सभामा १३१ सिट दाबी गरेको छ । कांग्रेस राजपा र समाजवादीलाई २ नम्बर प्रदेशमा बढीमा ५० प्रतिशत सिटसम्म दिन तयार भए पनि अन्य ठाउँमा यति हाराहारीमा दिन तयार छैन ।